सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नमुना जहाज बनाएर उडाउने चितवनका युवा अभय परियार एक लाख पुरस्कारसहित सम्मानित


  •    न्युजभित्तो/१७ जेष्ठ २०८०, बुधबार १६:२८ 
  • चितवन,१७ जेठ । बुद्ध एयरले आफ्नो एटीआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ ।

    रत्ननगर नगरपालिका–१३ जयमंगलाका १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन् । कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले बताए ।

    ‘हामी उहाँको मेहनतका लागि धन्यबाद दिन चाहान्छौं । उहाँको उज्वल भविष्यको कामना गर्न चाहान्छौं,’ बुद्ध एयरले भनेको छ।

    रत्ननगर नगरपालिका–१३ जयमंगलाका अभय अहिले विज्ञान–प्रविधिको कलाले चर्चित भएका छन् । जयमंगलाका एक विपन्न परिवारमा १८ वर्षअघि उनको जन्म भयो । बाबु मोहन परियार र आमा दीपा परियारको उनी कान्छो सन्तान हुन् । बाल्यकालदेखि नै फरक स्वभावका अभयको अहिले अद्भुद प्रतिभाको चौतर्फि चर्चा चलेको छ । केही दिनअघि सामाजिक सञ्जाल टिकटकमा उनले एक भिडियो पोष्ट गरेका थिए । उक्त भिडियोमा बुद्ध एयरको सानो जहाजको उडान र अवतरण गरिएको थियो । उक्त जहाज अभयले आविष्कार गरी उडाउन सफल भएका छन् ।

    अभयलाई सानैदेखि नयाँ कुराहरुको खोज तथा आविष्कार गर्ने रुचि थियो । रत्ननगरमा रहेको शिक्षा विकास इङ्लिस बोर्डिङ स्कुलमा उनले विद्यालय शिक्षा प्रारम्भ गरे । सानैदेखि विज्ञानसँग रमाउन खोज्ने उनी विज्ञानसँग परिचित भए । विद्यालयमा हुने ‘विज्ञान प्रदर्शनी’ मा उनी सबैभन्दा पहिलो स्थानमै हुने गर्थे । उनी भन्छन्, ‘सानैदेखि नयाँ–नयाँ चिजहरु आविष्कार गर्ने कुरामा म निकै उत्सुक हुन्थेँ ।’

    कक्षा चार पढ्दादेखि नै उनी सानो–सानो मोटर बनाउने, बत्तीहरु बनाउने जस्ता आविष्कारहरु गर्थे । बच्चा बेलामै उनको अद्भूत प्रतिभा देखेर उनले भविष्यमा केही न केही आविष्कार गर्ने कुरामा उनका परिवार आफन्त तथा शिक्षकहरु विश्वस्त थिए । उनको इच्छालाई पनि परिवारले भरपुर साथ दिएको अभय बताउँछन् । उनले जहाज बनाउने सम्बन्धी जानकारीका लागि घरमै बसेर इन्टरनेटको साहारा लिन थाले । जसबाट उनले जहाज बनाउन चाहिने सामान र आवश्यक अन्य जानकारी लिए ।

    ‘सामान्य जानकारी त ६ कक्षा पढ्दादेखि नै थाहा थियो । त्यसबेला नेपालमा सामान उपलब्ध थिएन । भारतमा मात्रै उपलब्ध थियो । तर भारतबाट मगाउन महंगो पर्ने भएका कारण हाम्रा लागि त्यो सम्भव थिएन,’ उनी भन्छन् ‘अहिले नेपालमा दराज अनलाइनमा सामान पाइने रहेछ । एसईईपछि चाहिँ सामान किन्दै प्लेन बनाउन लागेँ ।’ उनले एक–दुई वर्ष अघिदेखि तारा एयरको विमान आविष्कार गरेका थिए । उक्त जहाज बनाइसकेपछि उनले अहिले बुद्ध एयर तथा नेपाली सेनाको जहाज बनाइ आकाशमा उडाएका छन् । उक्त जहाज आकाशमै उडाएर सफल अवतरण समेत गराएको भिडियो अहिले टिकटकमा छ्याप्छ्याप्ती भेट्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.