चितवन सेरोफेरो
चितवन,२९ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनमा परेका अनुचित लेनदेनसम्बन्धी निवेदनमध्ये १३ वटामा मिलापत्र भएको छ । कार्यालयका अनुसार रु ६६ लाख १४ हजार आठ सय ५० बराबरका तीन उजुरीमा मिलापत्र भएको हो । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार...
चितवन, २९ भदौ । रिमाल समाजको १२ औं केन्द्रीय साधारण सभा तथा सम्मान कार्यक्रम चितवनमा हुने भएको छ । भदौ ३० गते शनिबार चितवनको भरतपुरमा कार्यक्रम हुन लागेको हो । समाजका महासचिव रवि रिमालका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनसँगै रहेको...
चितवन, २८ भदौ । भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिनुभएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो । कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस फोनको आशमा आसमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उहाँ निकै निराश हुनुभएको थियो...
नारायण अधिकारी चितवन, २८ भदौ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ । ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो । निकुञ्जका...
भरतपुर,२६ भदौ। चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को कामका लागि वन्यजन्तु ट्र्यापिङ क्यामरा जडान गरिएको छ । निकुञ्जको ध्रुबघाटबाट माडीको रिउसम्म वन्यजन्तुको आवतजावत हुने क्षेत्र निर्धारण गर्न (ट्र्यापिङ) क्यामेरा...
चितवन, २६ भदौ। रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नति हुने, राम्रो सेवा र सुविधा पाउने उद्देश्य धेरैको हुन्छ । जुन क्षेत्रमा रोजगारी पाइएको भएकोे हो त्यस्तै उद्योग उद्योग आफैँले सञ्चालन गरिएला भन्ने कल्पना कमैले मात्रै गरेका हुन्छन् ।...
चितवन, २५ भदौ । आइएसएमटी कलेज, चितवनको आयोजनामा “आइएसएमटी चितवन जब फेयर २०२३” सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित कलेज परिसरमा आज फेयर सम्पन्न भएको हो । सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा...
चितवन,२२ भदौ। विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताउनुभयो...
चितवन,२१ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको...
चितवन, २० भदौ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उहाँको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा...












