सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घरवहाल कर घरधनीसँग लिन व्यवसायीको भरतपुर महानगरलाई दवाव


  •    न्युजभित्तो/१४ मंसिर २०८०, बिहीबार १८:०५ 
  • चितवन, १४ मंसिर । चितवनका विभिन्न क्षेत्रमा व्यवसाय गर्ने व्यवासयीहरुलाई घरधनीले घरवहाल कर तिर्न लगाएको कुरा कसैका सामू पनि छिपेको छैन । अहिलेसम्म घरबहाल कर आफैँले तिर्दै आइरहेका व्यवसायीहरुले घरबहाल कर घरधनीसँग लिनुपर्ने भन्दै दवाव बढाउन थालेका छन् ।

    उद्योग बाणिज्य संघ वस्तुगत समन्वय समितिका संयोजक तथा संघका तृतीय उपाध्यक्ष शिरिष पन्तको नेतृत्वमा संघमा आवद्ध २१ वटा वस्तुगत संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधीहरुले आज विहिवार भरतपुर महानगरपालिका राजश्व परामर्श समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर घरवहाल कर घरधनीसँग लिन दवाव दिएको हो ।

    महानगरपालिकाले व्यवसायीलाई व्यवसाय कर तिर्न जाँदा घरवहाल करसमेत माग्न थालेपछि व्यवसायीहरुले त्यसको विरोध गरेका छन् । आम्दानी गर्नेले नै कर तिर्नुपर्ने विश्वव्यापी मान्यता रहेको भन्दै संघका तृतीय उपाध्यक्ष पन्तले महानगरले घरवहाल कर व्यवसायीसँग लिन नहुने बताए । घरधनीले नै घरवहाल कर तिर्नुपर्ने भन्दै आर्थिक संकटको चेपटामा परेका व्यवसायीलाई थप मार पार्न नहुने उपाध्यक्ष पन्तले बताए ।

    छलफलमा महानगरपालिका राजश्व महाशाखाका कर्मचारीहरुकोसमेत उपस्थिती रहेको थियो । महानगर उपप्रमुख चित्रसेन अधिकारीले व्यवसायीहरुले उठाएका विषय जायज भएको भन्दै आगामी सोमवारसम्म यस बारेमा महानगरपालिकाले आफ्नो धारणा स्पष्ट गरेर उत्पन्न समस्याको समाधान गर्ने बताए ।

    “घरधनीहरुले भाडा बढि लिएर व्यवसायीसँग कम भाडा लिएको भन्ने अलग्गै सम्झौता गरेर कर छलि गर्दै आएका छन् । व्यवसायीहरुले यसै पनि बढि भाडा तिरेका छन्, भाडा तिरेको सत्य कुरा खर्चमा देखाउन पाएका छैनन्, जति तिरेका छन् त्यति खर्चमा देखाउने हो भने आयकर बढि तिर्नुपर्ने थिएन”, वस्तुगत समन्वय समितिका संयोजक पन्तले भने, “अहिले देखिएको यो समस्याको दीर्घकालिन समाधान होस्, घरधनी र व्यवसायीका बीचमा सौहार्दता कायम होस् भन्ने चाहाना हाम्रो छ ।”

    सो अवसरमा उद्योग बाणिज्य सघंका उपाध्यक्ष पन्त एवम् व्यवसायीहरुले पूर्वी चितवन तथा पश्चिमबाट आउने सवारीलाई नारायणगढ बजारसम्म आउन दिनुपर्ने माग गरे । चौविसकोठी नारायणगढ मुख्य राजमार्गमा सडक विस्तारको कारण देखाउँदै पूर्वी चितवनबाट आउने सवारीलाई चौविसकोठीबाट नै फर्काउने गरिएको छ । वाइपास रोड भएर बजारसम्म जान दिने विकल्प हुँदा हुँदै महानगरपालिकाले त्यसमा चासो नदिँदा स्थानीय जनता तथा व्यवसायीहरुलाई मार परेको उपाध्यक्ष पन्तले बताए ।

    महानगरपालिका उपप्रमुख अधिकारीले व्यवसायीहरुको मर्का आफूहरुले बुझेको भन्दै यो समस्याको समाधान खोजिने आश्वासन दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.