सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चेपाङ बस्तीमा ‘एक घर एक धारा’,एकैपटक दुई आयोजना शिलान्यास


  •    न्युजभित्तो/१८ मंसिर २०८०, सोमबार १६:०० 
  • भरतपुर, १८ मङ्सिर । चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गर्नुभयो । यहाँ अधिकांश चेपाङ समुदायको बसोबास छ । अध्यक्ष गुरुङले अब चेपाङ बस्तीमा ‘एक घर एक धारा’ निर्माण हुने बताउनुभयो । उहाँले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

    एक सय ९० घरधुरीका लागि दुईवटा खानेपानी आयोजनाको काम एकैसाथ सुरु गरिएको जनाउँदै गुरुङले पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिका, स्थानीय उपभोक्ता र वाईन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी योजना सम्पन्न हुनेछ ।

    रू एक करोड ७९ लाख ७३ हजार कूल लागतको आयोजना माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजनाको काम सम्पन्न हुने उहाँको भनाइ थियो ।

    अध्यक्ष गुरुङले मिलेर काम गर्दा समयमै योजना सम्पन्न हुने भएकाले त्रिपक्षीय साझेदारीमा काम गरिएको बताउनुभयो । “यसअघि पनि यसरी साझेदारीमा काम गरेका छौँ”, उहाँले भन्नुभयो, “खानेपानीको धारा निर्माणपछि स्थानीयवासीलाई उत्पादनमा जोड्न सिँचाइको पनि व्यवस्था गर्नेछौँ ।” उहाँले यहाँ उत्पादित अन्न तथा तरकारी बिक्री गरी आयआर्जन गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अध्यक्ष गुरुङले गाउँपालिकाले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई सुविधासम्पन्न बनाउने काम गरिरहेको बताउनुभयो । पूर्वाधार निर्माणमा श्रमदानको अभावमा काम अलपत्र प¥यो भन्ने अवस्था आउन नदिन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

    वाईन टु वाटरकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले आयोजनाको पहिलो चरणमा अनुगमन गरिएको बताउँदै त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न हुने भएकाले निर्माणपछि स्थानीयवासीले घरमै शुद्ध खानेपानी पाउने जानकारी दिनुभयो ।वडाध्यक्ष पञ्चबहादुर प्रजाले गाउँमा श्रमदान गर्ने संस्कृति क्रमशः हराउँदै गएको भन्दै यो आयोजना निर्माणपछि श्रमदान गर्ने बानीकोसमेत विकास हुने बताउनुभयो । उहाँले यो आयोजना सम्पन्न भएपछि अन्य काममा पनि स्थानीयवासीलाई श्रमदान गर्न प्रेरित गरिने बताउनुभयो ।

    घरमै खानेपानीको धारा आउने भएपछि स्थानीयवासी खुसी भएका छन् । खानेपानी आयोजना समयमै सम्पन्न गर्नका लागि आफूहरु निरन्तर श्रमदान गर्न तयार रहेको स्थानीय आइतबहादुर चेपाङले बताउनुभयो । उहाँले श्रमदान गर्न नसक्ने घरपरिवारको पनि समुदाय मिलेर श्रमदान गरिदिने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.