सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ


  •    न्युजभित्तो/१४ मंसिर २०८०, बिहीबार १५:५६ 
  • चितवन, १४ मंसिर । चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

    मुकाम चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो। गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रमा दुई वटा पोथी गैंडालाई खाडल खनेर मारेको अवस्थामा फेला परेको थियो।

    गैंडाको खाग काटेर लगेको अवस्थामा फेला परेपछि अनुसन्धान गरी गैंडा मार्नेको खोजी गरिएको निकुञ्जका महानिर्देशक डा। सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए।

    अनुसन्धानको क्रममा निकुञ्जले दुई वटा खाग पनि बरामद गरेको छ।

    १८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११।८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो।

    गैंडा सिकार गर्न प्रयोग भएका हतियारहरू पनि बरामद भएका छन्।

    अधिकारीहरूले मुख्य योजनाकार हेटौंडा उपमहानगरपालिका(३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खातीलाई पनि पक्राउ गरेको छ। उनले नै गैंडाको खाग बिक्री वितरण गर्ने गरेको महानिर्देशक ढुंगानाले बताए।

    यस्तै सिकारी चितवनका पासाङ भन्ने आइतेसिंह मोक्तान, हेटौंडाका समसेर थिङ, थिङ बाजे भन्ने सिताराम थिङ, अर्जुन रोका, घले भन्ने धनबहादुर गुरूङ, उनबहादुर स्याङतान र स्याङ्बो भन्ने इन्‍द्रबहादुर तामाङ छन्।

    यस घटनाको अनुसन्धान गर्न नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्गदल गण कसरा व्यारेक, चितवन जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ लगायत खटिएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.