सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली भिजनको वार्षिकोत्सवको अवसरमा महिला हाजिरीजबाफ


  •    न्युजभित्तो/२७ माघ २०८०, शनिबार १८:२८ 
  • भरतपुर, २७ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औँ वार्षिकोत्सवको अवसरमा टोल विकास संस्थास्तरीय महिला हाजिरी जबाफ प्रतियोगिता शनिवार विद्यालयमा सम्पन्न भएको छ ।

    महिला हाजिरी प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ४ कि निवर्तमान वडा सदस्य समाजसेवी पवित्रा केसीले हाजिरी जवाफ प्रतियोगिताले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै देशको विकासमा महिला सहभागिता आवश्यक भएको जानकारी दिनुभयो ।
    सशक्तीकरणमाको मुख्य आधार नै सहभागिता हो भन्दै प्रमुख अतिथि केसीले समाजका हरेक काममा महिलाहरु जागरुक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    ुहोली भिजन पब्लिक स्कुलको अभियान, महिला सशक्तीकरणमा योगदानु भन्ने मूल नाराका साथ सम्पन्न भएको हाजिरीजवाफ प्रतियोगितामा वैकुणठ चोक टोल विकास समूह, भरतपुर ४, खोरेटोल प्रथम, दर्शन टोल विकास संस्था, भरतपुर ५ कल्याणपुर द्वितीय र सृष्टि टोल विकास भरतपुर ५ तृतीय भएका छन् ।

    विद्यालय प्रधानाध्यापक मीनराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा भरतपुर महानगरपालिका वडा नं ४ की वडा सदस्य कोपिला परियार, मानव सेवा आश्रमकी अभिभावक भवानी कंडेल, ग्लोरियस इङ्लिस स्कुलकी प्रधानाध्यापक शारदा ढकाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

    प्रतियोगितामा २२ वटा टोल विकास संस्थाका महिला समूहहरुको सहभागितामा रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.