सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागि परेको छ: कृषिमन्त्री भुसाल


  •    न्युजभित्तो/२६ माघ २०८०, शुक्रबार १५:५८ 
  • चितवन, २६ माघ । कृषि तथा पुशपंक्षी विकास मन्त्री डा बेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसंग सँक्षिप्त कुराकानी गर्दै मन्त्री भुुसालले यो समयमा दुध उत्पादन बढि भएका कारण किसानको दुध बिक्रि नभएको बताउनुभयो । ‘यो समय नेपालमा दुध बढी उत्पादन गर्ने समय हो । दुध बढी उत्पादन हुने समयमा हामीले पाउडर र बटर बनाएर राख्छौँ । अहिले समस्या देखिएको दुध बढी भएर हो’, उहाँले भन्नुभयो,‘फागुन लागेपछि दुध विक्रि हुन्छ ।’

    उहाँले स्टकमा रहेको पाउडर दुध बिक्री भएपछि किसानको बाँकी रहेको भुक्तानी प्रादन गरिने बताउनुभयो । ‘फागुन लागेपछि स्टकको दुध विक्री हुन्छ । त्यसपछि किसानहरुले रकम पाउनुहुन्छ’, उहाँले भन्नुभयो,‘अहिले पनि केही रकम त पाइरहनु भएको छ,बाँकी फागुनभित्र पाउनुहुन्छ ।’ चितवनका किसानले तीन महिनादेखि दुधको रकम पाउन सकेका छैनन् । स्टकमा रहेको दुग्ध बिक्रि नभएपछि चिवतन मिल्क उद्योग बन्द समेत भएको छ । मन्त्री भूषाल चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रर्दशनीको उद्घाटन गर्न चितवन आउनुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.