सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्किड उद्‌घोषण ताराको उपाधि ग्रिनल्याण्ड स्कूललाई


  •    न्युजभित्तो/२४ माघ २०८०, बुधबार १६:३५ 
  • भरतपुर, २४ माघ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित अर्किड माविद्वारा १३ औं वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी अन्तरविद्यालय प्रतियोगिताको प्रारम्भिक प्रतियोगिता अन्तर्गत अर्किड उद्‌घोषण तारा २०८० को उपाधि भरतपुर १२ को ग्रिनल्याण्ड विद्यालयले प्राप्त गरेको छ ।

    त्यसैगरि प्रतियोगीतामा द्वितीय उपाधि लिटिल फ्लावर नारायणगढ, तृतीय उपाधि स्काइराइडर स्कुल रत्ननगर र सान्त्वना उपाधि सनराइज मावि भरतपुरले प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी सबैलाइ पदक र ट्रफीसँगै सहभागिलाई प्रमाणपत्र विद्यालयका कार्यकारी निर्देशक आकाश पौडेलले प्रदान गर्नुभयो। निराजन घिमिरे र तारा न्यौपाने निर्णायक हुनुहुन्थ्यो । कार्यक्रमलार्इ उपासना कँडेल र प्रेजिया कार्कीले सहजीकरण गर्नुभएको थियो ।

    उक्त अवसरमा ‘अर्किड उद्‌घोषण तारा’ अर्किड माविको मौलिक कार्यक्रम रहेको जनाइएको थियो । कार्यक्रम संयोजक एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतिक्षा श्रेष्ठका अनुसार वार्षिकोत्सवको पूर्वसन्ध्यामा विद्यालयले सदाझै सप्ताहव्यापी रूपमा अन्तरमावि उद्‌घोषण तारा, साइकल दौड प्रतियोगिता, हाजिरजवाफ, कला सामाग्री र क्वाड च्याम्पियन कार्यक्रम राखेको जानकारी गराउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.