चितवन सेरोफेरो

देवघाटधाम क्षेत्रको सरसफाइमा ‘वे’ ग्रुपका युवा
-न्युजभित्तो

भरतपुर, १२ पुस । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुप युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरुले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् ।...

पुस १३ गते एमाले अध्यक्ष ओली चितवन आउने, कालिकाका विभिन्न कार्यक्रममा सहभागी हुने
-न्युजभित्तो

चितवन, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली पुस १३ गते चितवन आउनु हुने भएको छ । कालिका नगरपालिकामा रहेको भीमोदय माविको स्वर्णमहोत्सव समारोहमा सहभागी हुनका लागि अध्यक्ष ओली चितवन आउन लाग्नु भएको हो । नेकपा...

किसान नगदेबालीतर्फ आकर्षित
-न्युजभित्तो

चितवन, ११ पुस । चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् । माडी...

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश सरकार
-न्युजभित्तो

चितवन, ११ पुस । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो...

भरतपुरमा राडारजडित क्यामरा जडान गरिने
-न्युजभित्तो

चितवन, १० पुस । चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो । यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको...

जापान जान चाहने आठ सय विद्यार्थीलाई एकै ठाउँमा राखेर सेन्ट्रल कलेजको अभिमुखिकरण
-न्युजभित्तो

चितवन, ९ पुस । उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै सेन्ट्रल कलेजले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जापानमा उच्च शिक्षाको अवस्था, त्यहाँका विश्वविद्यालय र भौगोलिक वातावरण, एप्लाई गर्ने तरिका लगायतमा विषयमा अभिमुखिकरण गरिएको हो...

चेपाङ बालबालिकाले पाए दिवा खाजा र न्यानो कपडा
-न्युजभित्तो

चितवन, ९ पुस । चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिकाका लागि दिवा खाजा खुवाउन थालिएको छ । ‘दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा’ शीर्षकमा राष्ट्रिय समाचार समिति ९रासस० ले पुस ५ गते समाचार...

तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी
-न्युजभित्तो

चितवन, ९ पुस । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार त्रिशूली नदीमाथिको झोलुङ्गे...

चेपाङ गाउँमा घरबास (होमस्टे) सञ्चालनमा
-न्युजभित्तो

मुग्लिन, ९ पुस । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको...

समूहबाट अलग भएका चारवटा भाले हात्ती बढी आक्रामक
-न्युजभित्तो

चितवन, ८ पुस । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका...