सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपराध कार्यमा संलग्नमाथि अनुसन्धान अघि बढेनः नेता बस्नेत


  •    न्युजभित्तो/२६ माघ २०८०, शुक्रबार १५:५० 
  • चितवन, २६ माघ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले सरकार टिकाउनका लागि अपराध कार्यमा संलग्न व्यक्ति माथि अनुसन्धान अगाडि नबढाएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसंग कुराकानी गर्दै नेता बस्नेतले वित्तिय अपराध गरेको प्रसस्त प्रमाण हुँदासमेत अनुसन्धान अगाडि नबढाएको आरोप लगाउनुभयो ।

    ‘सत्तामा रहेका प्रधानमन्त्री र मन्त्रीलाई केही गरी हाम्रो सरकार ढाल्यो भने अंक गणितका लागि अन्य असंख्यक तथ्य प्रमाण र आधारहरु हुँदा हुँदै पनि हाई प्रोफाईलका सहकारी ठगहरु अनुसन्धानमा आउने स्थिती छैन, नेता बस्नेतले भन्नुभयो,‘सहकारीको १७ करोडभन्दा बढी रकम ग्यालेक्सि टिभिमा लगानी गरेको प्रमाण भेटिएको छ । अनुसन्धानमा सरकार लागेको छैन ।’ उहाँले पोखरा, चितवन र बुटवलको सहकारीबाट लामिछानेको प्रत्यक्ष सहभागितामा नियम विपरित ग्यालेक्सी टिभिमा लगानी भएको बताउनुभयो ।

    ‘ग्यालेक्सी छिभि खोल्दा उहाँले खाने तलब देखि शेयरसम्मका कुराबाट कास्की, चितवन लगायतका जनताले दुःख गरेर जम्मा गरेको पैसाको दुरुपयोग भएको छ उहाँले भन्नुभयो,‘कानुनको अनविज्ञता प्रकट गर्दै आफु बच्दै अरु माथि हिलो छ्याप्ने काम भएको छ ।’ उहाँले अदालत समेत सरकारको सेटिङमा चलेको बताउनुभयो । उहाँले अरुण चौधारी तर्फ संकेत गर्दै जग्गा घोटला लगायतका काण्डमा अदालतले प्रहरीलाई अनुसन्धान गर्न नदिई उन्मुक्ति दिएको आरोप लगाउनुभयो । सत्ता टिकाउनका लागि सरकारले जस्तो सुकै काम गर्न तयार भएको उहाँको भनाई छ । राजनितिक अस्थितरताका कारण देशमा अनियमिता बढेको भन्दै उहाँलेनेकपा एमालेले महंगी, भ्रष्टचार विरुद्ध हुलाकी राजमार्गमा दबाव यात्रा गर्ने जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.