चितवन सेरोफेरो

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक
-न्युजभित्तो

चितवन, १ माघ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । जंगल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् । यो निकुञ्ज वन्यजन्तुको जनजीवन अवलोकनका...

नारायणगढ–मुग्लिन सडकः आज र भोलि दिउँसो पनि खुल्ने
-न्युजभित्तो

भरतपुर, २९ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी...

देवघाटमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ
-न्युजभित्तो

चितवन, २९ पुस । देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनी पुगेको थियो...

चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय
-न्युजभित्तो

चितवन, २७ पुस । भरतपुरको मुख्य सहरी क्षेत्रको केन्द्रमा रहेको चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय बनेको छ । झट्ट हेर्दा निजी शिक्षालयजस्तो देखिने सरकारी विद्यालयमा ८० प्रतिशत विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश...

एक्सपर्ट एजुकेशन भरतपुरमा ‘क्यानडा युएसए एजुकेशन फेयर’ हुँदै
-न्युजभित्तो

चितवन, २६ पुस २६ । अध्ययनका लागि क्यानडा र अमेरिका जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले ‘एक्सपर्ट क्यानडा र युएसए एजुकेशन फेयर–२०२३’ आयोजना गरेको छ । एक्सपर्टको आफ्नै कार्यालय भरतपुर महानगरपालिका वडा नं. १० (भाटभटेनी...

दश हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका
-न्युजभित्तो

चितवन, २६ पुस । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड ३७ लाख अनुदान दिन लागेको...

दूधको समयमै भुक्तानी गर्न किसानको माग
-न्युजभित्तो

चितवन, २६ पुस । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् । उनीहरुले सम्बन्धित निकाय समक्ष...

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ
-न्युजभित्तो

चितवन, २४ पुस । उद्योग वाणिज्य संघ चितवनको २०८०–८२ कार्यकालको लागि अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे । श्रेष्ठका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत मात्रै प्राप्त गरे । संघको...

चितवनमा बोराभित्र भेटिएका दुबै शवको पहिचान खुल्यो
-न्युजभित्तो

चितवन, २३ पुस। चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र...

मुग्लिन बजारको विद्युतीय ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा
-न्युजभित्तो

भरतपुर, २३ पुस । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा...