सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक्सपर्ट भरतपुर मेयर्स कपका उत्कृष्ट दुई खेलाडी चितवनको टिममा समावेश


  •    न्युजभित्तो/२१ फाल्गुन २०८०, सोमबार ०८:३९ 
  • चितवन, २१ फागुन । भरतपुरमा यही फागुन १९ गते पहिलो संस्करणको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय टि–२० क्रिकेट लिग प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको उपाधि अर्किड स्कुलले जित्यो भने प्रतियोगितामा सबै खेलाडीहरुले गरेको प्रदर्शनले सबैको ध्यान तान्यो ।

    यही प्रतियोगिताबाटै उदाएका दुई खेलाडी पहिलोपटक नै चितवन जिल्ला क्रिकेट टिममा समावेश हुने महत्वपूर्ण अवसर पाएका छन् । जिल्ला क्रिकेट संघले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई चितवनको सिनियर टिममा समावेश गरेको हो । प्रतियोगितामा उत्कृष्ट बलर बनेका अर्किड स्कुलका मन्दिप बराल १४ जनाको टिममा समावेश भएका हुन् । उनी प्रतियोगितामा कुल २१ विकेट लिएका थिए ।

    यस्तै वाल्मीकि शिक्षा सदनका कप्तान आदर्श दुलाल भने ४ जना रहेको वैकल्पिक खेलाडीको सूचिमा समेटिएका छन् । जिल्ला क्रिकेट संघले १४ जना मुख्य स्क्वाइड र ४ जना वैकल्पिक खेलाडी छनोट गरेको संघका अध्यक्ष सुदिप पियाले जानकारी दिए । “हामीले चयन गरेका १८ जना खेलाडी नै महत्वपूर्ण छन्, उनीहरु सबैले प्रतियोगितामा खेल्न पाउने अवसर छ” अध्यक्ष पियाले भने ।

    चितवनको टोली हिजोदेखि सुरु भएको जितपुर सिमरा चौथो टि–२० हरपुर च्याम्पियन ट्रफी खेल्न बारा जाँदैछ । समूह बीमा रहेको चितवनको पहिलो खेल फागुन २२ गते हरपुर क्रिकेट क्लवबसँग हुदैछ भने दोस्रो खेल २३ गते नेशनल इन्फोटेक वीरगंजसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा कलैया क्रिकेट क्लव, युथ क्रिकेट क्लव र मकवानपुर क्रिकेट टिम छन् ।

    समूहका शीर्ष दुई टोलीले सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको फाइनल २६ गते हुँदैछ । चितवनको टिम सेमीफाइनल प्रवेश गरेको खण्डमा अहिले छनोट गरिएका वैकल्पिकसहितका १८ जना खेलाडी नै प्रतियोगितामा खेल्न पाउने छन् । हाल मुख्य स्क्वाइडमा रहेका केही महत्वपूर्ण खेलाडी बागमती प्रदेशको खेलमा सहभागि हुन जाने तय भएपछि वैकल्पिक खेलाडीहरुले उक्त प्रतियोगितामो खेल्न पाउने संघका अध्यक्ष पियाले जानकारी दिए । त्यसैले पहिलोपटक टिममा छनोट भएका दुई खेलाडी चितवनबाट डेब्यु गर्ने प्रबल संभावना रहेको छ ।

    हालैसम्पन्न प्रतियोगिताबाट एकैपटक दुई खेलाडी सिनियर टिममा स्थान बनाउनु प्रतियोगिताको उपलब्धी रहेको अध्यक्ष पिया बताउँछन् । “हाम्रो लागि एक्सपर्ट भरतपुर मेयर्स कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता निकै महत्वपूर्ण रह्यो, हामीले यहाँबाट नयाँ प्रतिभा पाएका छौं, यसका लागि आयोजक भरतपुर महानगरपालिका र मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं” अध्यक्ष पियाले भने ।

    गत माघ २६ गतेदेखि सुरु भएको विद्यालयस्तरीय प्रतियोगिता फागुन १९ गतेसम्म चलेको थियो । जसमा भरतपुर महानगरपालिका भित्रका २० टिमले भाग लिएका थिए भने १० टिम लिग खेलेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने
    ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा
    अव्यवस्थित तार हटाइँदै
    • कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
    • कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
    • बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
    • किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.