चितवन सेरोफेरो
चितवन, ५ माघ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म...
चितवन, ५ माघ । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन् । स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा...
भरतपुर, ४ माघ । चितवन जिल्ला क्रिकेट संघलाई सेन्ट्रल कलेजले विभिन्न सामाग्री सहयोग गरेको छ । मंगलबार कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले संघका अध्यक्ष सुदिप पियालाई कार्यालय प्रायोजनका लागि विभिन्न सामाग्री हस्तान्तरण गर्नुभयो । कलेजले संघको कार्यालय सञ्चालनका...
भरतपुर, ४ माघ । चितवनको सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका...
चितवन, ३ माघ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी...
चितवन, २ माघ। नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का...
चितवन, २ माघ । माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ । नगरभित्र रहेका गाईभँसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो । भत्ता दिन...
चितवन, २ माघ । भरतपुर महानगरपालिका–१५ मा रहेको अविनाश फर्टिलाइजर कम्पनीको हाताभित्र आगलागी हुदा सोमबार एक जनाको मृत्यु भएको छ । कम्पनीको क्वाटरभित्र बस्ने कामदारको आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा आगलागी भएर मृत्यु भएको हो...
चितवन, १ माघ । किसानको खोरमा उत्पादन भएको अण्डा सोझै उपभोक्ताको भान्सासम्म पु-याउने अभियानमा यहाँको किसान दाना उद्योग लागि परेको छ । खोरबाट भान्सासम्म पुग्दा बिभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई सस्तो र ताजा अण्डा पु-याउन नसकिने भएकाले उद्योगले जिल्ला–जिल्लामा...
चितवन, १ माघ । चितवन माध्यमिक विद्यालयको ७० औ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा ३१ जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवकै अवसरमा अन्तर मावि जिल्लास्तरीय चितवन मावि रनिङ्ग सशल्ड हाजिरीजवाफ प्रतियोगिता भएको...














