सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटनको विकासका लागि नागरिकको जीवनस्तर उकास्न आवश्यक छ: रेग्मी


  •    न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार १६:१७ 
  • भरतपुर, १८ फागुन । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा पर्यटन क्षेत्रको सुधारका लागि आर्थिक क्षेत्रको सुधार हुन आवश्यक रहेको बताउनुभएको छ । ‘भरतपुर भ्रमण वर्ष २०२४’ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले नागरिकको आयस्तर सुधार भयो भने मात्रै पर्यटनको विकास गर्न सकिने बताउनुभयो ।

    “मानिसको जीवनस्तर नउठे पर्यटनमा लगानी गर्न सक्दैनन् । अर्को पाटो आर्थिक विकास र समृद्धि हो”, रेग्मीले भन्नुभयो, “पर्यटनको विकासका लागि आर्थिक विकास महत्वपूर्ण छ ।” उहाँले अहिले नेपालको पर्यटन क्षेत्र फराकिलो बन्दै गएकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

    “पहिले मनोरञ्जन र रमाइलोका लागि पर्यटक आउने गर्दथे । अहिले अध्ययन र आध्यात्मिकका लागि विदेशी पर्यटक यहाँ आइरहेका छन्”, रेग्मीले भन्नुभयो । उहाँले विदेशी पर्यटकलाई यहाँ बसाई लम्ब्याउनका लागि सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो ।

    भरतपुर भ्रमण वर्षले नेपालको पर्यटन विकासका लागि राम्रो सन्देश दिएको रेग्मीको भनाइ छ । भरतपुर प्राकृतिकसँगै धार्मिक दृष्टिले पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । ऐतिहासिक तथ्य हेर्दा पनि चितवन र पोखरा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छन् भन्दै भरतपुर सधैँ अग्रपङ्तिमा रहने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.