सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सांसद रावल राष्ट्रियसभाबाट बिदा भइन्, अब पार्टी अभियानमा लाग्ने प्रतिबद्धता


  •    न्युजभित्तो/२० फाल्गुन २०८०, आईतवार १६:४६ 
  • चितवन, २० फागुन । चितवनकी राष्ट्रियसभा सांसद पार्वती रावलको ६ वर्षे कार्यकाल आजबाट सकिएको छ ।

    विसं २०७४ फागुन २१ गतेबाट उनले राष्ट्रिय सभाको सांसदको रुपमा कार्य प्रारम्भ गरेकी थिइन् । आज काठमाडौँमा औपचारिक बिदाइ कार्यक्रममा सहभागी भएकी रावलले अब पार्टीको केन्द्रीय अभियानमा सक्रिय रहने नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ राष्ट्रिय सभामा मस्यौदा निर्माणदेखि नियमावलीहरु बनाउने काममा निकै सक्रिय रहेर ६ वर्ष बिताए । अब मेरा अनुभवहरुको आधारमा पार्टीको नीति निर्माण तहमा सक्रिय रहेर काम गर्छु । पार्टीको केन्द्रीय सदस्य रहेकोले पार्टीको अभियानमा सक्रिय रहनेछु ।’

    राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति बनेर उनले क्यान्सरसँग जुध्दै समितिका २३१ बैठक चलाइन् । एक कार्यकालमा अन्य समिति भन्दा उनको बैठक सबैभन्दा धेरै थिए भने राष्ट्रिय सरोकारका विषयमा सरोकारवालाहरुलाई झक्झक्याउन उनको भूमिका महत्वपूर्ण रह्यो । उनले हालसालै रुसी सेनामा भर्ती हुन गएका युवाहरूको उद्धारको आग्रहसहित सभापति रावलको नेतृत्वमा अन्य केही सांसद समेत परराष्ट्र मन्त्रालय पुगेर ध्यानाकर्षण गराएका थिए ।

    रावललाई २०७९ कात्तिकमा ब्रेस्ट क्यान्सर पहिचान भयो तर पनि उनले संसदीय समितिको कामलाई निरन्तरता दिइन् । दिल्लीमा एक महिनाको उपचार गर्दाबाहेक समितिको बैठक रोकिएन । विसं २०७७ नेकपा विभाजन भएपछि चितवनमा पार्टी जिल्ला अध्यक्षको जिम्मेवारी रावलले सम्हालेकी थिइन् ।

    तत्कालीन अवस्थामा पार्टी अध्यक्ष ओलीलाई चितवनमा उपस्थित गराएर १० औं महाधिवेशन ठूलो जनमानसको सहभागितामा कार्यक्रम गराउन सफल भइन् । पूर्वी चितवनको चैनपुरमा जन्मिएकी रावल २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनपछि ८ वर्षकै उमेरबाट पार्टी गतिविधिमा चासो राख्न थालिन् । आईए पढ्दा विद्यार्थी जीवनबाट उनी पार्टीको राजनीतिमा सक्रिय हुन थालेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.