सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने


  •    न्युजभित्तो/२५ भाद्र २०८१, मंगलवार १४:२९ 
  • चितवन, २५ भदौ । सेन्ट्रल मोडल कलेजले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजका अध्यक्ष यज्ञ बिलास (वाईबी_ पौडेलले जानकारी दिनुभयो ।

    सेन्ट्रल मोडल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । कलेजले व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै छ ।

    कलेजले सञ्चालन गरेको शैक्षिक कार्यक्रमले सूचना प्रविधि र होटल व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरूलाई विशेषज्ञ बनाउने उहाँले बताउनुभयो । यी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न कलेजले आधुनिक प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गरिरहेको छ। ‘यसले विद्यार्थीहरूलाई दक्षता विकासमा मात्र नभई उनीहरूलाई व्यवहारिक ज्ञान र सीपहरू प्रदान गर्न मद्दत गर्नेछ’, उहाँले भन्नुभयो ।

    सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको छ । यसले विद्यार्थीलाई आर्थिक रुपले सक्षम हुने अवसर समेत प्रदान गर्ने पौडेलले बताउनुभयो । ‘विद्यार्थीहरूले पढाईको साथसाथै व्यवसायिक अनुभव पनि लिनेछन्, जुन उनीहरूको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण हुनेछ’, उहाँले भन्नुभयो ।

    सेन्ट्रल मोडल कलेजका प्रिन्सिपल डा. टीआर चालिसेका अनुसार कलेजको उद्देश्य केवल शैक्षिक प्रमाणपत्र दिने मात्र नभई विद्यार्थीहरूलाई हरेक क्षेत्रको प्रतिस्पर्धामा उत्रिन योग्य बनाउनु हो। यो कलेजको शैक्षिक दृष्टिकोण विद्यार्थीहरूलाई विशुद्ध अध्ययन मात्र नभई, उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिने रहेको उहाँले बताउनुभयो । कलेजले चितवनमा मात्र नभई देशभर नै नयाँ शिक्षा प्रणालीको विकास गर्ने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.