सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव वेचविखन तथा लागु औषध दुव्र्यसनी सम्बन्धी कानुनी सचेतना कार्यक्रम


  •    न्युजभित्तो/२० भाद्र २०८१, बिहीबार १२:०१ 
  • दिव्यनगर (चितवन), २० भदौ । आदर्श मावि दिव्यनगरमा मानव वेचबिखन तथा लागु औषध दुव्र्यसनी सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मुस्कान लाइफ ग्रुपको आयोजनामा बुधबार विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

    “समाज सुधारका लागि युवाको सक्रियता” भन्ने नाराका साथ आयोजित कार्यक्रममा एक सय बढी विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक मित्रप्रसाद चापागाईको अध्यक्षमा भएको कार्यक्रम संस्थाका सचिव विजय शर्माले सञ्चालन गर्नुभएको थियो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २६ का जनप्रतिनिधि प्रकाश सुवेदीले विद्यार्थीलाई लागुऔषध दुव्र्यसनी तथा कानुनी सचेतना सम्बन्धी ज्ञान दिंदा दुव्र्यसन न्यूनिकरण गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि भण्डाारी लगायतले बोल्नु भएको थियो ।

    ईलाका प्रहरी कार्यालय चनौलीका प्रहरी नायव निरीक्षक तारा प्रकाश रिमालले प्रशिक्षण दिंदै लागुऔषध दुव्र्यसनमा लाग्नु हुने पारिवारिक, सामाजिक र कानुनी समस्याका बारेमा जानकारी दिनु भएको थियो । उहाँले लागुऔषधको लतमा लागेपछि छुटाउन कठिन हुने भन्दै सचेत भई यस्ता क्रियाकलापमा संलग्न हुन नहुने बताउनुभयो । उहाँले लागुऔषधको प्रयोग र ओसार पसार गर्नेलाई कडा कानुनी कारवाही हुने जानकारी दिनुभयो ।

    कार्यक्रममा विद्यार्थीहरुले कार्यक्रम अत्यन्तै सान्दर्भिक भएको भन्दै प्रशंसा गरेका थिए । सोही अवसरमा गंगा चौधरीको संयोजकत्वमा ११ सदस्यीय “मुस्कान लाईफ ग्रुप विद्यालय समन्वय समिति” समेत गठन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.