सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका गुरुङ समुदाय भाषा संरक्षणमा जुट्यो


  •    न्युजभित्तो/२४ भाद्र २०८१, सोमबार १६:४४ 
  • मुग्लिन (चितवन), २४ भदौ । चितवनका गुरुङ समुदाय भाषा संरक्षणमा जुटेका छन् । विभिन्न समयमा भाषा कक्षा सञ्चालन गरिरहेको गुरुङ समुदायको साझा संस्था तमू ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्ले गुरुङ भाषा पाठ्यपुस्तक निर्माण गर्ने भएको हो ।

    जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायमा मातृभाषा लोप हुँदै गएपछि संरक्षण गर्ने उद्देश्यले पाठ्यपुस्तक तयार गरी भाषाको कक्षा सञ्चालन गर्ने तयारी गरिएको परिषद्की अध्यक्ष विमलादेवी गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष पनि १५ दिनको भाषा कक्षा सञ्चालन गरेका थियौँ, त्यसलाई निरन्तरता दिने उद्देश्यले यस वर्ष पाठ्यपुस्तक प्रकाशन गरी कक्षा सञ्चालनको तयारी गरिरहेका छौँ ।”

    राष्ट्रिय जनगणना–२०७८ अनुसार चितवनमा गुरुङ समुदायको कुल जनसङ्ख्या ४९ हजार आठ सय २७ छ । “कुल जनसङ्ख्याको कति प्रतिशतले भाषा बोल्छन् भन्ने यकिन छैन, यहाँ पछिल्लो समय भाषाको ज्ञान हराउँदै गएको हुँदा भावी पुस्तासम्म पु¥याउन पनि तालिम आवश्यक छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

    तमू भाषा कक्षा सञ्चालन कार्यक्रमका संयोजक एवं ह्युल छोंज धीँका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरुङका अनुसार गत वर्ष भरतपुरमा मात्रै भाषा कक्षा सञ्चालन गरिएको थियो । यस वर्ष भरतपुरसहित रत्ननगर र इच्छाकामनामा पनि कक्षा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

    गुरुङले भन्नुभयो, “कम्तीमा तालिम लिन चाहनेलाई सहज होस् भन्ने उद्देश्यका साथ यस वर्ष आधारभूत ज्ञानसहितको पाठ्यपुस्तक तयार गरिरहेका छौँ, छापाको काम भइरहेको छ ।” पुस्तक छापिएपछि तत्काल कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

    पुस्तक प्रकाशन समिति सदस्य किशोर गुरुङले छपाइ अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । कम्तीमा आधारभूत तहको पुस्तक भए पनि जिल्लाबाट प्रकाशन गर्दा यसले आगामी दिनमा पनि भाषा संरक्षण र प्रवर्द्धनमा टेवा उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तमू ह्युल छोंज धीँले गर्नैपर्ने एउटा महत्वपूर्ण काम हामीले गर्न खोजिरहेका छौँ, हाम्रो पुस्ताले थोरै मिहिनेत गरे नयाँ पुस्तालाई सहज हुने भएकाले यसपटक हामीले पाठ्पुस्तक तयार गरेका हौँ ।”

    प्रकाशन समिति सदस्य गुरुङका अनुसार गुरुङ भाषाको आफ्नै खेमा लिपि भए पनि नेपाली अक्षरबाट भाषा कक्षा सञ्चालन गरिने छ । “करिब लोप हुने अवस्थामा रहेको खेमा लिपिका लागि भाषा जानेको व्यक्तिले पनि सिक्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयोे, “खेमा लिपि सिकाउने पनि योजनाभित्र छ, सहज छैन, त्यसकारण नेपाली अक्षरबाट पाठ्यपुस्तक निर्माण गरी कक्षा सञ्चालन गर्नेछौँ ।”

    भूगोलका हिसाबले चितवनका रैथाने गुरुङहरु भाषामा कमजोर छन् । बाहिरी जिल्लाबाट आएर बसेकाहरुले पनि बिर्सँदै गएपछि भाषा हराउने जोखिम बढ्दै गएको उहाँको भनाइ छ । रासस/फाइल फोटो

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.