काठमाडौंविरुद्ध चितवनको सानदार शुरूआत, पावरप्लेमै चार विकेट लियो
न्युजभित्तो/१७ मंसिर २०८१, सोमबार ११:१८
चितवन, १७ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज् भिडिरहेका छन् । सोमबार बिहान त्रिवि मैदानमा टस जितेर बलिङ रोजेको चितवनले सानदार शुरूआत गरेको छ ।
चितवनले पावरप्लेमै चार विकेट चट्काएको हो । पावरप्ले सकिँदा काठमाडौंले चार विकेट गुमाउँदै ३९ रन बनाएर खेलिरहेको छ । काठमाडौंका स्टेफेन एसकिनाजी २ रन मात्रै बनाएर आउट भए । त्यस्तै, मिचेल लेभिटले १६ बलमा २५ रन बनाए । गेह्राल्ड इरासमस ४ रनमा आउट भए । यस्तै, भीम सार्की एक रनमा आउट भए ।
पावर प्लेमा चितवनका सोहन तानविरले दुई र कुशल मल्लले एक विकेट लिए । आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्स्बीच दिउँसो १ः१५ बजे हुनेछ । शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।