सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौंविरुद्ध चितवनको सानदार शुरूआत, पावरप्लेमै चार विकेट लियो


  •    न्युजभित्तो/१७ मंसिर २०८१, सोमबार ११:१८ 
  • चितवन, १७ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज् भिडिरहेका छन् । सोमबार बिहान त्रिवि मैदानमा टस जितेर बलिङ रोजेको चितवनले सानदार शुरूआत गरेको छ ।

    चितवनले पावरप्लेमै चार विकेट चट्काएको हो । पावरप्ले सकिँदा काठमाडौंले चार विकेट गुमाउँदै ३९ रन बनाएर खेलिरहेको छ । काठमाडौंका स्टेफेन एसकिनाजी २ रन मात्रै बनाएर आउट भए । त्यस्तै, मिचेल लेभिटले १६ बलमा २५ रन बनाए । गेह्राल्ड इरासमस ४ रनमा आउट भए । यस्तै, भीम सार्की एक रनमा आउट भए ।

    पावर प्लेमा चितवनका सोहन तानविरले दुई र कुशल मल्लले एक विकेट लिए । आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्स्‌बीच दिउँसो १ः१५ बजे हुनेछ । शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.