banner news

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-न्युजभित्तो

मुस्ताङ, २२ जेठ । यहाँस्थित नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमद्वारा राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको बृहत् सरसफाइ गरिएको छ । सैनिक उच्चशिखर शिक्षालय कैसाङको आयोजना तथा एक्याप जोमसोमको समन्वयमा मनाङ–मुस्ताङ सीमाना थोरङपासदेखि थोरङफेदीसम्मको पर्यटकीय पदमार्गको बृहत्...

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
-न्युजभित्तो

चितवन, २२ जेठ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ । जेठ १ गतेदेखि सुरु गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार बाघ गणनाको कार्य...

विराटनगरका युवालाई आइटी प्रशिक्षण
-न्युजभित्तो

विराटनगर, २२ जेठ । डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आइटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ । सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा तथा जेनेस सोलुसन प्रालिको...

प्रजनन स्वास्थ्य शिविरमा ३५० जनाको स्वास्थ्य परीक्षण
-न्युजभित्तो

महोत्तरी, २२ जेठ । आर्थिक अभावका कारण नियमित स्वास्थ परीक्षण गर्न असमर्थ महिलालाई लक्षित गरी मटिहानी नगरपालिकाले बुधबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।   शिविरमा ३५० महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै २०० जनाको  पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि ‘स्वाब’...

विश्व वातावरण दिवसः तनहुँमा वृक्षरोपण
-न्युजभित्तो

दमौली (तनहुँ), २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा तनहुँमा वृक्षरोपण गरिएको छ । कर्मचारी मिलन केन्द्र, तनहुँको आयोजनामा व्यास नगरपालिका–४ स्थित बाघभञ्ज्याङ सामुदायिक वनमा आज वृक्षरोपण गरिएको हो । कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं डिभिजन वन कार्यालय तनहुँका प्रमुख...

शैक्षिक गुणस्तर सुधारका लागि ‘एक वडा एक नमुना विद्यालय’ कार्यक्रम लागू
-न्युजभित्तो

दशरथचन्द (बैतडी), २२ जेठ । पाटन नगरपालिकाले शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै ‘एक वडा एक नमुना विद्यालय’ कार्यक्रम लागू गरेको छ ।  उक्त कार्यक्रमका लागि नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले जानकारी दिनुभयो । शैक्षिक...

गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत्कुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण्ण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम...

विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चानचुने कुरा नभएको बताउनुभएको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमाथि केन्द्रीयस्तरको समीक्षा...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवस २०२६ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले ‘समृद्ध भविष्यको आधारः जलवायु एवं...