सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शैक्षिक गुणस्तर सुधारका लागि ‘एक वडा एक नमुना विद्यालय’ कार्यक्रम लागू


  •    न्युजभित्तो/२२ जेष्ठ २०८३, शुक्रबार १५:३४ 
  • दशरथचन्द (बैतडी), २२ जेठ । पाटन नगरपालिकाले शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै ‘एक वडा एक नमुना विद्यालय’ कार्यक्रम लागू गरेको छ । 

    उक्त कार्यक्रमका लागि नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले जानकारी दिनुभयो ।

    शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पञ्चवर्षीय योजना निर्माण प्रक्रिया अघि बढेसँगै नमुना विद्यालयले अनिवार्य पालना गर्नुपर्ने मापदण्ड निर्धारण गरेको तयार सामाजिक विकास समिति संयोजक हरिश विष्टले जानकारी दिनुभयो ।

    मापदण्डअनुसार शिशु कक्षादेखि नै शैक्षिक सामग्रीको सुनिश्चितता, शिक्षण सिकाइ तथा ‘सिकाइ चौतारी’को प्रयोग अनिवार्य गरिएको छ । 

    विद्यालयले अघिल्लो शैक्षिकसत्रको स्व–मूल्याङ्कन र समीक्षा गरी नतिजा सार्वजनिक गर्नुपर्ने मापदण्डमा उल्लेख छ । 

    त्यसैगरी, ई–हाजिरी शिक्षकको उपस्थिति व्यवस्थापन, अध्यक्ष–प्रधानाध्यापक–शिक्षकबीच कार्यसम्पादन करार सम्झौता र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मापदण्डअनुसार स्व–मूल्याङ्कन गर्ने प्रावधान छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना
    पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
    विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
    • चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता
    • स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह
    • भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    • कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.