सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विराटनगरका युवालाई आइटी प्रशिक्षण


  •    न्युजभित्तो/२२ जेष्ठ २०८३, शुक्रबार १५:४१ 
  • विराटनगर, २२ जेठ । डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आइटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ । सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा तथा जेनेस सोलुसन प्रालिको प्राविधिक सहकार्यमा सञ्चालन भएको तालिममा प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत ५५ जना युवालाई सहभागी गराइएको छ ।

    महानगरका अनुसार तालिमका लागि खुला गरिएको अनलाइन आवेदनमा ५४३ जनाको आवेदन परेको थियो । तीमध्ये उत्कृष्ट ५५ जनालाई छनोट गरी कार्यक्रम सञ्चालन गरिएको हो । तालिममा साइबर सुरक्षा, सञ्चार सीप, परियोजना व्यवस्थापन, क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई)लगायत आधारभूतदेखि मध्यमस्तरसम्मका आधुनिक डिजिटल दक्षता विकाससम्बन्धी विषय समेटिएका छन् ।

    विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको डिजिटल अर्थतन्त्रमा युवालाई सक्षम बनाउनु समयको आवश्यकता भएको बताउनुभयो ।

    उहाँले महानगरले उक्त कार्यक्रमलाई प्रारम्भिक ‘पाइलट परियोजना’का रूपमा अघि बढाएको उल्लेख गर्दै यसको प्रभावकारिता र सहभागीबाट प्राप्त प्रतिक्रियाका आधारमा आगामी दिनमा अझ व्यापक रूपमा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधि अब विकल्प होइन, आवश्यकता बनेको छ । युवाहरूलाई सीपयुक्त बनाएर अवसरसँग जोड्नु महानगरको प्राथमिकता हो ।”

    शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले सूचना प्रविधि क्षेत्रको बढ्दो मागसँगै यस्ता तालिमले युवालाई प्रतिस्पर्धी र रोजगारमुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो । आइटी इन्जिनियर अर्चना कर्णले तालिममार्फत महानगरभित्रका युवा तथा विद्यार्थीलाई व्यवहारिक सूचना प्रविधि सीप, व्यावसायिक दक्षता र आधुनिक प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

    महानगरपालिकाले यस कार्यक्रमलाई स्थानीय तहको डिजिटल रूपान्तरण अभियानसँग जोड्दै भविष्यमा दक्ष जनशक्ति उत्पादन, नवप्रवर्तन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.