सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न


  •    न्युजभित्तो/२२ जेष्ठ २०८३, शुक्रबार १५:४३ 
  • चितवन, २२ जेठ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ । जेठ १ गतेदेखि सुरु गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार बाघ गणनाको कार्य सम्पन्न भएपछि आहार प्रजातिको सर्वेक्षण गरिएको हो । यसका लागि नौ वटा समूह गठन गरी २० दिनसम्म दुई वटा हात्ती प्रयोग गरिएको थियो । प्रत्येक हात्तीमा तीन जनाका दरले प्राविधिक जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना गरिएका क्षेत्रमा करिब ४०० वटा ट्रान्जेक्ट ९मार्ग० बनाएर आहार प्रजातिको सर्वेक्षण गरिएको थियो । निकुञ्जको चुरे क्षेत्र तथा घाँसे मैदानमा तीनदेखि पाँच किलोमिटर दूरीलाई एक ट्रान्जेक्ट मानी सर्वेक्षण गरिएको थियो ।

    हात्तीमा चढेर प्रत्यक्ष अवलोकनका क्रममा देखिएका जनावरको अभिलेखीकरण गरी सर्वेक्षण गरिएको थापामगरले बताउनुभयो । बाघका प्रमुख आहार प्रजातिमा जरायो, चितल, लगुना र रतुवा गरी चार प्रकारका मृग पर्छन् । यसका अतिरिक्त गौरीगाई, बँदेल, नीलगाई तथा बाँदर पनि बाघका आहार प्रजातिका रूपमा रहेका छन् ।

    सर्वेक्षण सम्पन्न भएसँगै प्राप्त तथ्याङ्कको विश्लेषण तथा अध्ययनको काम सुरु गरिएको निकुञ्जले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.