सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व वातावरण दिवसः तनहुँमा वृक्षरोपण


  •    न्युजभित्तो/२२ जेष्ठ २०८३, शुक्रबार १५:३६ 
  • दमौली (तनहुँ), २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा तनहुँमा वृक्षरोपण गरिएको छ । कर्मचारी मिलन केन्द्र, तनहुँको आयोजनामा व्यास नगरपालिका–४ स्थित बाघभञ्ज्याङ सामुदायिक वनमा आज वृक्षरोपण गरिएको हो ।

    कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले वातावरण हरियाली बनाउन विभिन्न प्रजातिका बिरुवा रोपिएको जानकारी दिनुभयो ।

    वन तथा वातावरण संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता भएको बताउँदै उहाँले वृक्षरोपण केवल बिरुवा रोप्ने कार्यमा सीमित नभई त्यसको संरक्षण र हुर्काउने जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

    जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले वातावरण संरक्षणका लागि वृक्षरोपण प्रभावकारी माध्यम भएको उल्लेख गर्दै वन, पानी र जैविक विविधताको संरक्षणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बढ्दो सहरीकरण र वातावरणीय चुनौतीका बीच वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले वातावरण संरक्षण कुनै एक निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना
    पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
    विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
    • चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता
    • स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह
    • भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    • कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.