सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी


  •    न्युजभित्तो/२२ जेष्ठ २०८३, शुक्रबार १३:१३ 
  • काठमाडौँ, २२ जेठ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चानचुने कुरा नभएको बताउनुभएको छ ।

    गत फागुन २१ गते सम्पन्न निर्वाचनमाथि केन्द्रीयस्तरको समीक्षा कार्यशालाको उद्घाटन सत्रमा आज कार्यवाहक प्रमुख भण्डारीले निर्वाचनको मिति घोषणापछि निर्वाचन होला र ! भन्ने संशय र अनेक चुनौतीका बीच नेपाल सरकार, आयोग, राजनीतिक दल, सम्बद्ध पक्ष र आम जनताको सहभागिता निर्वाचन सम्पन्न भएको स्पष्ट गर्नुभयो ।

    “विद्रोहपछि तोकिएको छ महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुुनु चानचुने कुरा होइन । यस निर्वाचनलाई विश्व समुदायले पनि सूक्ष्मरुपमा हेरिरहेको छ”, आयुक्त भण्डारीले भन्नुभयो, “यो सफलता निर्वाचन आयोगको एक्लैको प्रयासले मिलोको होइन । निर्वाचनको कसैले कसैलाई निषेध गर्नुहुँदैन भन्ने मान्यतालाई बोकेर हामीले सुरुदेखि नै राजनीतिक संवादलाई महत्व दिऔँ । सरकारको समेत सहयोगमा विद्रोही पक्ष, पुरानो राजनीतिक समूह, नवोदित राजनीतिक समूहलाई एकै टेबुलमा राखेर संवाद गराउन र हार्दिकता बढाउन सफल भयौँ ।”

    कार्यवाहक आयुक्त भण्डारीले आन्दोलनबाट भड्किएको अनुशासनलाई कायम राख्न निर्वाचनबाहेक अर्को विकल्प नभएकाले चुनौतीका बीच निर्वाचन गराउन आफूहरू अहोरात्र लागेको स्मरण गर्दै निर्वाचन मितव्ययी र तुलनात्मक व्यवस्थित भएको बताउनुभयो । उहाँले समीक्षा कार्यशालाबाट प्राप्त हुने सुझावका आधारमा आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउने, मतदातस्थल र केन्द्रलाई थप पहुँचयोग्य बनाउने, सदर मतको प्रतिशत बढाउने, कानुनी सुधार गर्ने र आयोगलाई थप भौतिक पूर्वाधारयुक्त बनाउने कार्ययोजनामा काम गरिने बताउनुभयो । तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उद्घाटन गर्नुभएको कार्यक्रममा निर्वाचन परिणम पुस्तकको विद्युतीय प्रति लोकार्पण गरिएको थियो ।

    कार्यक्रममा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, आयोगका आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजीतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्चाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत, स्वयंसेवक तथा सञ्चारककर्मीको सहमागिता रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.