सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ


  •    न्युजभित्तो/२२ जेष्ठ २०८३, शुक्रबार १५:४७ 
  • मुस्ताङ, २२ जेठ । यहाँस्थित नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमद्वारा राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको बृहत् सरसफाइ गरिएको छ । सैनिक उच्चशिखर शिक्षालय कैसाङको आयोजना तथा एक्याप जोमसोमको समन्वयमा मनाङ–मुस्ताङ सीमाना थोरङपासदेखि थोरङफेदीसम्मको पर्यटकीय पदमार्गको बृहत् सरसफाई गरिएको हो ।

    यहाँको सैनिक उच्च शिखर शिक्षालयका आयोजनामा उच्च हिमाली तथा तथा दुर्गम पहाडी क्षेत्रमा नेपाली सेनाका जवानहरूलाई हिमाली युद्ध कला तथा विपद् प्रतिकार्य सम्वन्धि तालिम दिने क्रममा मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने पर्यटकीय पदमार्गको सरसफाइ गरिएको हो ।

    समून्द्री सतहको ५४१६ मिटरको उचाईमा अवस्थित थोरङ्पासदेखि समुद्री सतहको ४२ सय मिटरको उचाइमा रहेको थोरङफेदी ९च्याम्बर भू० सम्म करिब १७० जना बढी सैनिक शिक्षाार्थीहरूले फोहर सङ्कलन गरी सरसफाई गरेको एक्याप जोमसोमका प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । उक्त पदमार्गको फोहर सङ्कलन केन्द्रमा जम्मा भएका फोहर र सरसफाई गरी सङ्कलन गरिएका फोहर गरी ४० बोरा थोरङ्फेदीको सडकमार्गसम्म झारिएको थियो । त्यसपछि सङ्कलित गरी थोरङफेदी झारिएका फोहरलाई एक्यापले जोमसोम कार्यालयमा ल्याएको प्रमुख गुप्तले बताउनुभयो ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत लमजुङको बेँसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटक उक्त पदमार्ग प्रयोग गरी मुस्ताङ आइपुग्छन् । राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोरङपास पर्यटकीय पदमार्ग कठिन र चुनौतीपूर्ण पर्यटकीय पदमार्ग हो । उक्त पदमार्गमा बर्सेनि चैत र वैशाख र असोज र कात्तिकमा विदेशी पर्यटकले बढी मात्रामा पदयात्रा गर्ने गरेको एक्याप प्रमुख गुप्तले बताउनुभयो ।

    मनाङ मुस्ताङ पर्यटकीय पदमार्गमा पर्यटकहरूले मिल्काएका फोहर सङ्कलन गरी व्यवस्थापन गर्ने कार्य भएको प्रमुख गुप्तको भनाइ छ । उच्च हिमाली पर्यटकीय पदमार्गहरूमा फोहरमैला व्यवस्थापन गरी वातावरणीय स्वच्छता तथा दिगो पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन सैनिक शिक्षार्थीहरूले महत्त्वपूर्ण भूमिका खेलेको एक्यापले उल्लेख गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.