banner news
काठमाडौँ, २२ जेठ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिनुभयो । उहाँले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी,...
काठमाडौँ, २२ जेठ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभएको छ । निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको यहाँ उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो...
काठमाडौँ, २२ जेठ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्रदूषणले विश्व समुदायलाई...
काठमाडौँ, २२ जेठ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख...
चितवन, २२ जेठ । यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन्। जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो। उनले भने, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन्। समस्या...
पाटन (ललितपुर), २१ जेठ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक भएको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा...
म्याग्दी, २१ जेठ । बेनी नगरपालिका-९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यकरणका लागि बजारभित्रको सडक स्तरोन्नति थालिएको छ । सडक स्तरोन्नतिका क्रममा ढुङ्गा बिछ्याइ आकर्षक र सुविधा सम्पन्न बनाउन थालिएको हो । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको...
नेपालगञ्ज, २१ जेठ । नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो गर्मीका कारण नेपालगञ्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले सङ्कटमा पर्ने भन्दै यहाँका केही युवाले अभियान सुरु गरेका हुन् । नेपालगञ्ज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीका लागि...
सुरुङ्गा (झापा), २१ जेठ । गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती नष्ट भएको छ झापामा यसवर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो । हावा र वर्षाका कारण रु दुई करोड १२ लाख ८६ हजार...
महेन्द्रनगर, २१ जेठ । प्राविधिक शिक्षा अध्ययनको सौख तथा परिवारको आर्थिक अवस्थाले भ्याउन अपठयारो हुँदा पनि हुम्ला ताँजाकोट गाउँपालिका–१ का कमल खड्का प्राविधिक शिक्षा अध्ययनका लागि कञ्चनपुरको महेन्द्रनगर आइपुग्नुभयो । हुम्लाको विकट बस्तीबाट एसइई अध्ययन सकेर खड्का अहिले महेन्द्रनगरस्थित महाकाली...















