banner news
वासिङ्टन डिसी, ७ असार । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आज यहाँ...
काठमाडौँ, ७ असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ६०० र चाँदी रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८७...
चितवन, ७ असार । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेरअघि यहाँ आइपुग्नु भएको छ । आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता...
काठमाडौँ, ५ असार । सरकारले विभिन्न मितिका मन्त्रिपरिषद् बैठकबाट भएका १५० निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख र जेठ महिनामा बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्री पोखरेलका...
काठमाडौँ, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । आज संस्कृति संस्थानको ५४औँ वार्षिकोत्सव समारोहमा उहाँले नेपाली कला, संस्कृति र परम्पराले नेपाललाई विश्वमाझ...
काठमाडौँ, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई चलचित्र क्षेत्रले छाड्न नहुने बताउनुभएको छ । चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा उहाँले नेपाली चलचित्र उद्योगले...
ढोरपाटन (बागलुङ), ५ असार । बागलुङको तमानखोला गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी सहारा दिएको छ । आमाबुबा गुमाएर बेसहारा बनेका बालबालिकलाई निःशुल्क खान, बस्न र शिक्षाको चार वर्षदेखि सुनिश्चित गर्दै आएको छ । गाउँपालिकाले वडा नं ३ तमान गाउँपालिमा...
दमौली (तनहुँ), ५ असार । तनहुँको देवघाट गाउँपालिकाका स्थानीयवासीले देवघाट क्षेत्रमा बढ्दो बाँदर आतङ्कलाई समस्याका रूपमा उठाउँदै दीर्घकालीन समाधानका लागि स्पष्ट नीति निर्माण गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । धार्मिक, पर्यटकीय तथा कृषि उत्पादनको दृष्टिले महत्वपूर्ण मानिने देवघाट क्षेत्रमा पछिल्ला...
काठमाडौँ, ५ असार । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफ...
मुस्ताङ ५ असार । हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित घरपझोङ गाउँपालिकाले स्काभेटर (जेसिबी) डोजर खरिद गरेको छ । हिउँद तथा बर्खायाममा हुनसक्ने मनसुनजन्य प्राकृतिक विपद्को व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणलगायतका कार्यमा उपयोग गर्ने गरी घरपझोङ गाउँपालिका डोजर खरिद गरेको हो...


















