banner news
भरतपुर, २६ जेठ । चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको छ । श्री किसान महिला कृषि तथा पशुपन्छी पालन कृषक समूह र भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा भरतपुरको आयोजनामा यहाँको पर्साढापका...
काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘जो बेसहारा, काठमाडौँ महानगरपालिकाको अभिभारा’ नारासहित सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्नुभयो । उहाँले अभियानको सफल कार्यान्वयनका...
घाराही (दाङ), २६ जेठ । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा लु१२प ९८४० नम्बरको मोटरसाइकल...
मध्यविन्दु (नवलपरासी), २६ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ पिप्रहरमा सञ्चालित सामुदायिक होमस्टे (घरबास) अहिले केवल पर्यटक बस्ने ठाउँ मात्र बनेको छैन, यसले स्थानीय थारू महिलाको जीवनशैली, आत्मविश्वास र आर्थिक अवस्था नै परिवर्तन गर्न थालेको छ । केही वर्षअघिसम्म...
श्रीमञ्ज्याङ (दोर्दी), २६ जेठ । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै धार्मिक आस्था र विश्वासको अनुपम सङ्गमजस्तै बनेको छ । परम्परागत रुपमा सजिएका गाउँको प्राचीन मौलिकता झल्काउने किसिमका घरसँगै सफा चोक तथा बाटाहरू ढुङ्गाले छपक्क छापिएका छन् ।...
काठमाडौँ, २६ जेठ । विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका चुनौती, समुदायमा आधारित पूर्वतयारी तथा बहुपक्षीय साझेदारीको आवश्यकतामा सम्बन्धित विज्ञहरूले जोड दिनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा कार्यरत प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट) नेपालले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित...
चितवन, २६ जेठः चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको...
सिमकोट (हुम्ला), २६ जेठ । यहाँको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका ०-५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता घोषणा...
काठमाडौँ, २५ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा निर्भर रहने बताउनुभएको छ । बजेटमाथिको नीति संवाद कार्यक्रममा उहाँले निजी क्षेत्रले बजेटलाई...
काठमाडौँ, २५ जेठ । काठमाडौँमा सोमबार जलवायु नवप्रवर्तन प्रवद्र्धन (एएफसिआइए) कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा छलफलको आयोजना भएको हो । जलवायु उत्थानशीलता र खाद्य सुरक्षा...

















