सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक


  •    न्युजभित्तो/५ असार २०८३, शुक्रबार १७:२२ 
  • काठमाडौँ, ५ असार । सरकारले विभिन्न मितिका मन्त्रिपरिषद् बैठकबाट भएका १५० निर्णयहरू सार्वजनिक गरेको छ । 

    सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख र जेठ महिनामा बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

    मन्त्री पोखरेलका अनुसार सरकारले जेठ २९ गते राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली (एबिआइएस) को लाइसेन्स क्षमता विस्तार गर्न स्वीकृति दिएको थियो । त्यस्तै, मध्य भोटेकोसी जलविद्युत आयोजनालाई वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराउने अवधि थप गर्न पनि स्वीकृति प्रदान गरिएको छ ।

    यसअघि जेठ २६ गतेको बैठकले १६ वटा विभिन्न निर्णय गरेको थियो । तीमध्ये नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिससम्बन्धी मापदण्ड, २०८३ स्वीकृत गरिएको छ । साथै, नेपाल पर्यटन, होटेल तथा पर्वतीय प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरिएको छ । मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धी विधेयक तर्जुमाका लागि समेत सिद्धान्त स्वीकृति प्रदान गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

    साथै जेठ १९ गतेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गृहमन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । साथै, आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय पनि गरिएको छ ।

    त्यसै गरी, जेठ ५ गतेको बैठकले निजामती कर्मचारी कल्याणकारी कोष (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत ९७७ पद स्वीकृत गर्नुका साथै भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ तथा बालबालिका सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
    संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ: मन्त्री पौडेल
    चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्नः राष्ट्रपति
    • अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका
    • देवघाटमा बाँदर आतङ्क नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग
    • सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ
    • गाउँपालिकाको आफ्नै डोजर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.