सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ: मन्त्री पौडेल


  •    न्युजभित्तो/५ असार २०८३, शुक्रबार १७:१९ 
  • काठमाडौँ, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    आज संस्कृति संस्थानको ५४औँ वार्षिकोत्सव समारोहमा उहाँले नेपाली कला, संस्कृति र परम्पराले नेपाललाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

    मन्त्री पौडेलले भन्नुभयो, “कला र संस्कृतिको हिसाबले नेपाल विश्वमै धनी राष्ट्र हो । संस्कृति, प्रकृति र विकृतिका विषयमा कलाकारहरू पनि उत्तिकै सचेत हुन आवश्यक छ ।”

    संस्कृति संस्थानका महाप्रबन्धक किरणबाबु पुनले संस्थानले विगतदेखि नै नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “नेपाली कला र साहित्यको संरक्षणमा हामी निरन्तर क्रियाशील छौँ । यस अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।”

    सो अवसरमा नेपाली कला, साहित्य तथा लोकसङ्गीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने लोकदोहोरी गायकद्वय पुरुषोत्तम न्यौपाने, रामप्रसाद खनाललगायतलाई सम्मान गरिएको थियो ।

    सांस्कृतिक संस्थानको वार्षिकोत्सव अवसरमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने सहभागी टिमलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
    संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ: मन्त्री पौडेल
    चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्नः राष्ट्रपति
    • अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका
    • देवघाटमा बाँदर आतङ्क नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग
    • सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ
    • गाउँपालिकाको आफ्नै डोजर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.