banner news
काठमाडौँ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए...
सिमकोट (हुम्ला), २५ जेठ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीमा लिमी रिसोर्ट सञ्चालनमा आएको छ । लिमी उपत्याका प्रवेश गर्ने टाक्ची, न्यालुलगायतका सडकमा जमेको हिउँ पन्छाएर यातायात सञ्चालनमा आएपछि रिसोर्ट पुनः सञ्चालनमा आएको व्यवसायी तेन्जिन नुर्वु लामाले बताउनुभयो । हिउँदयाममा...
दशरथचन्द (बैतडी), २४ जेठ । जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन् । यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन् । यस क्रममा पाटन नगरपालिका–५ मा...
चितवन, २४ जेठ । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आउनुभएका जनप्रकाश चापागाईंले भोजमा करिब ३० प्रतिशत खाना फालिने गरेको बताउनुभएको छ । विश्व खाद्यसुरक्षा दिवसका सन्दर्भमा कुराकानी गर्ने क्रममा उहाँले विभिन्नथरी खाना राख्दै जाँदा प्लेट...
गोदावरी (कैलाली), २४ जेठ । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत नौ सय...
नुवाकोट, २४ जेठ । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले जिल्लाको किस्पाङ गाउँपालिकाको सहकार्यमा आज यहाँ बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा चार सय छ जनाले सेवा लिएका छन् । किस्पाङ–३, काहुले स्वास्थ्य चौकीमा विभिन्न विशेषज्ञहरूबाट स्वास्थ्य सेवा प्रदान...
भोजपुर, २४ जेठ । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी निर्माणको काम अघि बढाएको थियो । वडाध्यक्ष...
काठमाडौँ, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल–भारतबीचका सीमासम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान...
काठमाडौँ, २४ जेठ । नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ । समुद्री सतहदेखि चार सय ४३ मिटरको उचाइमा रहेको चुरे वन क्षेत्रपर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को दुधौरा खोला नजिकै उक्त चरा फेला परेको हो...
टीकापुर (कैलाली), २४ जेठ । अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरआबद्धतालाई सूचना प्रविधियुक्त बनाउन सङ्घीय संसद् र सबै प्रदेशसभाले ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्नेलगायत नौ बुँदे टीकापुर–सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । संसदीय गतिविधिमा सूचना प्रविधिमार्फत नागरिक...

















