banner news

लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-न्युजभित्तो

कञ्चनपुर, ८ असार । यहाँको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८...

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-न्युजभित्तो

काठमाडौँ, ८ असार । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ५३ हजार ५१० राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा...

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-न्युजभित्तो

झापा, ८ असार । पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ । नेपालको पूर्वी जिल्ला झापामा पनि यो सामाजिक समस्याकै रुपमा अघि बढिरहेको छ । जिल्ला कारागार र प्रहरी हिरासतमा लागुऔषध सेवन र कारोबारमा संलग्न...

टिपर दुर्घटनामा चालकको मृत्यु
-न्युजभित्तो

तनहुँ, ८ असार । स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा...

आलेखः जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
-न्युजभित्तो

काठमाडौँ, ८ असार । सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बासमती धानको संरक्षण गर्दै यसको प्रचारप्रसारमा बढ्न थालेपछि जोरायल गाउँपालिका–६ चित्रराज भट्ट यतिबेला यस प्रजातिको धान रोप्न आतुर देखिनुहुन्छ । विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण अभियान थालनी भएपछि यस...

सुनचाँदीको मूल्यमा वृद्धि
-न्युजभित्तो

काठमाडौँ, ८ असार । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु एक हजार ४०० ले वृद्धि भएको छ । यस्तै, चाँदी रु ४० ले बढेको छ...

गर्भवती महिलाको उद्धार
-न्युजभित्तो

सिमकोट (हुम्ला), ८ असार । सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ ।    आइतबार  बेलुका हुम्ला जिल्ला अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको...

मालिकामा बेसारको ‘ब्रान्डिङ’
-न्युजभित्तो

तम्घास, ८ असार । गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो । जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत...

रास्वपा प्रथम महाधिवेशन: बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची
-न्युजभित्तो

चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि...

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
-न्युजभित्तो

म्याग्दी, ८ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गर्नुभएको हो । पुर्खाले बनाएको पुरानौ शैलीको मौलिक घरलाई मर्मत गरेर...