सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँपालिकाको आफ्नै डोजर


  •    न्युजभित्तो/५ असार २०८३, शुक्रबार १५:१८ 
  • मुस्ताङ ५ असार । हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित घरपझोङ गाउँपालिकाले स्काभेटर (जेसिबी) डोजर खरिद गरेको छ । हिउँद तथा बर्खायाममा हुनसक्ने मनसुनजन्य प्राकृतिक विपद्को व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणलगायतका कार्यमा उपयोग गर्ने गरी घरपझोङ गाउँपालिका डोजर खरिद गरेको हो ।

    चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षीक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले पैसठ्ठी लाख मुल्य बराबरको स्काभेटर उपकरण किनेको अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।

    गाउँपालिकासँग डोजरलगायतका उपकरण नहुँदा विपद् प्रतिकार्य तथा भौतिक निर्माणमा ठूलो खर्च हुने गरेकाले त्यस्ता कार्यमा उपकरण परिचालन गर्दा लाग्ने खर्च घटाउन डोजर किन्नु परेको अध्यक्ष लालचनले बताउनुभयो ।

    बर्खायाममा नदी कटान तथा बाढी पहिरोका कारण भौतिक संरचना क्षति हुने गरेको र हिउँदयाममा हिमपातका कारण सडक अवरुद्ध हुने गरेकाले पालिकाले आफैले डोजर व्यवस्थापन गरेको जनाएको छ । यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकालाई भारत सरकारले अनुदान सहयोगमा डोजर उपहार दिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.