सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका


  •    न्युजभित्तो/५ असार २०८३, शुक्रबार १७:१४ 
  • ढोरपाटन (बागलुङ), ५ असार । बागलुङको तमानखोला गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी सहारा दिएको छ । आमाबुबा गुमाएर बेसहारा बनेका बालबालिकलाई निःशुल्क खान, बस्न र शिक्षाको चार वर्षदेखि सुनिश्चित गर्दै आएको छ ।

    गाउँपालिकाले वडा नं ३ तमान गाउँपालिमा दुईवटा घर भाडामा लिएर ‘तमानखोला बालगृह’नै सञ्चालन गरी बालबालिकाको स्याहारसुसारसहित पठनपाठन गराउँदै आएको छ ।

    विसं २०७९ देखि सुरु भएको बालगृहमा पालिकाभरका बेसहारा बालबालिकाले आवासीय सेवा लिँदै आएका हुन् । गाउँपालिकाले सुरुमा रु १० लाख विनियोजन गरी बालगृह सञ्चालन गरेको थियो ।

    बालगृहमा बस्ने बालबालिकालाई नजिकैको धनगौ ज्योति माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढाउँदै आएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । एसइई उत्तीर्णपछि उनीहरूले चाहेअनुसार कक्षा ११ र १२ पढाउने उहाँले विश्वास दिलाउनुभयो । अहिले बालगृहमा बस्ने बालबालिका कक्षा ३ देखि कक्षा १० सम्म अध्ययन गर्दै आएको अध्यक्ष बुढामगर बताउनुहुन्छ ।

    अध्यक्ष बुढामगरले भन्नुभयो, “कोही पनि बालबालिका बेसहारा बन्न नपरोस् भन्ने हामीले बालगृह सञ्चालन गरेका हौँ, अहिलेसम्म धेरै बालबालिकाले यहाँ आश्रय लिएका छन्, स्थानीय सरकारले बालबालिकाको मौलिक अधिकारको संरक्षण र राज्यको अनुभूति दिलाउनु पर्छ ।”

    अहिले बालगृहमा १६ जना बालबालिका आश्रित छन् । जिल्लास्थित विभिन्न सङ्घसंस्थाले ‘तमानखोला बालगृह’ खाद्यन्न, तत्ताकपडा, शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् । बालगृहका अध्यक्ष तथा तमानखोला गाउँपालिका–३ का अध्यक्ष झकबहादुर बुढामगरले बालबालिकालाई पारिवारिक वातावरणमा आश्रय लिएको बताउनुभयो ।

    सुरुमा बालगृहमा आएर बस्न धेरैले नमाने पनि अहिले धेरै अभिभावकविहीन बालबालिकाको रोजाइमा परेको उहाँको भनाइ छ । बालबागृहमा बस्ने बालबालिकाको उच्च शिक्षासहित रोजगारीको ग्यारेन्टीसमेत पालिकाले गर्ने बुढामगरले बताउनुभयो । बालगृह सञ्चालनका लागि ‘तमानखोला विकास कोष’समेत स्थापना गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
    संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ: मन्त्री पौडेल
    चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्नः राष्ट्रपति
    • अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका
    • देवघाटमा बाँदर आतङ्क नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग
    • सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ
    • गाउँपालिकाको आफ्नै डोजर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.