सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा बाँदर आतङ्क नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग


  •    न्युजभित्तो/५ असार २०८३, शुक्रबार १७:१२ 
  • दमौली (तनहुँ), ५ असार  ।  तनहुँको देवघाट गाउँपालिकाका स्थानीयवासीले देवघाट क्षेत्रमा बढ्दो बाँदर आतङ्कलाई समस्याका रूपमा उठाउँदै दीर्घकालीन समाधानका लागि स्पष्ट नीति निर्माण गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।

    धार्मिक, पर्यटकीय तथा कृषि उत्पादनको दृष्टिले महत्वपूर्ण मानिने देवघाट क्षेत्रमा पछिल्ला वर्षमा बाँदरको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । बाँदरका कारण खेतीपातीमा ठूलो क्षति पुग्नुका साथै स्थानीय बासिन्दा र धार्मिक पर्यटकसमेत असुरक्षित बन्न पुगेको गुनासो स्थानीयको छ । 

    देवघाटमा दैनिकजसो बाँदरले घर, पसल तथा खेतीबालीमा क्षति पु¥याउने गरेकामा कृषक सबैभन्दा बढी मारमा पर्दै आएका छन् । बाँदरका कारण मकै, गहुँ, तरकारी तथा फलफूलखेती जोगाउन कठिन बन्दै गएको स्थानीयको भनाइ छ । बाँदरसम्बन्धी समस्याले कृषिमा निर्भर परिवारको आयआर्जनमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने माग गरिएको छ ।

    स्थानीय रामहरि पुडासैनीले बाँदर व्यवस्थापनको विषय विगतका निर्वाचनमा प्रमुख एजेण्डाका रूपमा उठ्दै आएको स्मरण गराउँदै अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको बताउनुभयो । उहाँले बाँदरको समस्या केवल कृषिसँग मात्र सम्बन्धित नभई धार्मिक पर्यटनसँग जोडिएको विषय रहेको उल्लेख गर्नुभयो । देवघाट धार्मिक पर्यटकको प्रमुख गन्तव्य हो । 

    त्यहाँ पुग्ने पर्यटक बाँदरको आक्रमण र हैरानीका कारण असहज महसुस गर्न बाध्य छन्”, उहाँले भन्नुभयो, “स्थानीय सरकार, वन कार्यालय र सम्बन्धित निकायबीच समन्वय गरेर वैज्ञानिक तथा दीर्घकालीन समाधान खोज्नुपर्छ ।”

    स्थानीय किरण सुवेदीले बाँदर आतङ्कका कारण स्थानीय बासिन्दा लामो समयदेखि समस्यामा परिरहेको बताउँदै गाउँपालिकाले अब ठोस योजना र नीति ल्याउनुपर्ने धारणा राख्नुभयो । उहाँलेआगामी बजेट तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

    देवघाटको धार्मिक तथा पर्यटकीय छविमा नकारात्मक असर पर्न नदिन बाँदर व्यवस्थापन अपरिहार्य रहेको स्थानीयको सामूहिक आवाज छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
    संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ: मन्त्री पौडेल
    चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्नः राष्ट्रपति
    • अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका
    • देवघाटमा बाँदर आतङ्क नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग
    • सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ
    • गाउँपालिकाको आफ्नै डोजर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.