banner news

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
-न्युजभित्तो

राँझा (बाँके), १३ पुस । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट  जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसान्तसम्म नेपालगञ्जबाट रु २५ करोडभन्दा बढीको जडीबुटी निर्यात भएको छ । सूचना अधिकारी खड्काका अनुसार उक्त...

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात
-न्युजभित्तो

झापा, १३ पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची...

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
-न्युजभित्तो

पोखरा, १३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताउनुभएको छ । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको...

आज पनि बढ्यो सुनचाँदीको मूल्य
-न्युजभित्तो

काठमाडौँ, १३ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल...

आगामी माघमा चितवनमा अन्तरराष्ट्रिय डेरी एक्स्पो
-न्युजभित्तो

चितवन, १३ पुस । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा आगामी माघ २५ गतेदेखि अन्तरराष्ट्रिय डेरी एक्स्पो, २०८२ आयोजन हुने भएको छ ।  सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार डेरी उत्पादन, प्रक्रिया र वितरण...

चितवनमा ज्येष्ठ नागरिक डे–केयर तथा आवास केन्द्र सञ्चालन
-न्युजभित्तो

नारायणगढ (चितवन), १३ पुस । चितवनमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि डे–केयर तथा आवास केन्द्र सञ्चालनमा आएको छ । आरोग्य केयरले भरतपुर महानगरपालिका–११ नौरङ्गेमा उक्त केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो । केन्द्रले प्रारम्भिक चरणमा १५ ज्येष्ठ नागरिकलाई आवासीय सेवा...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी
-न्युजभित्तो

जानकी (बाँके), १३ पुस । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्नुहुन्छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ...

गोठमै गाईभैँसीको निःशुल्क गर्भ परीक्षण
-न्युजभित्तो

तानसेन (पाल्पा), १३ पुस । पूर्वखोला गाउँपालिकामा गोठमै प्राविधिकहरू पुगेर गाईभैँसीको निःशुल्क गर्भ परीक्षण गर्न थालेका छन् । गाईभैँसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न किसानका गोठमै प्राविधिकले उपचार सेवा दिन थालेका हुन् । पूर्वखोला गाउँपालिकाले हेफर इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र...

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता
-न्युजभित्तो

गलकोट (बागलुङ), १३ पुस । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१...

मनाङमा हिउँ चितुवा सर्वेक्षण: ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान
-न्युजभित्तो

मनाङ, १३ पुस । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्रिय प्रकृति कोष (एनटिएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना ९एक्याप०ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा...