banner news
चन्द्रपुर(रौतहट), १४ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन...
म्याग्दी, १४ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिँउदमा गाउँ नजिकैको खर्कमा झर्ने...
भद्रपुर (झापा), १४ पुस । झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ । आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए...
मुस्ताङ, १४ पुस । यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हाईब्रिड स्याउको...
काठमाडौँ, १४ पुस । कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ । समितिले माछापुच्छ्रे – १, २ र ३ भित्रका १२ विद्यालयमा अध्ययनरत कक्षा १...
भोजपुर, १४ पुस । भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान...
महोत्तरी, १४ पुस । शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् । पछिल्लो...
काठमाडौँ, १४ पुस । चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ भएको छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका भएको जनाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे र चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम...
बनियानी, १४ पुस । झापा जिल्लाको भित्री सडकहरुमा ‘पेभर्र्स’ राख्ने क्रम बढ्दै गएको छ । छिटोछरितो रुपमा निर्माण हुनुका साथै हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएपछि जिल्लामा कच्ची सडकमा पेभर्स राख्नेक्रम बढ्दै गएको हो । अर्जुनधारा...
गोरखा, १४ पुस । गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जित्नु भएको छ । गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी...

















