banner news

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
-न्युजभित्तो

काठमाडौँ, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक अह्वान गरिएको सो...

सौराहामा हात्ती महोत्सव: आज हात्ती पूजा र वनभोज
-न्युजभित्तो

नारायणगढ (चितवन), १३ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण...

नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्...

वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), ११ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो चरणको काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक खरिद विधिबाट बोलपत्र आह्वान गरेर दोस्रो चरणको काम...

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन
-न्युजभित्तो

अर्घाखाँची, ११ पुस । जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल स्टेसन पछिल्ला केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य केन्द्र बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण हिमशृङ्खला, धौलागिरि, माछापुच्छ्रेलगायत हिमालका साथै आसपासका गाउँ तथा खोँचका मनोरम...

सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
-न्युजभित्तो

भक्तपुर, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष...

जेनजी सहिदको घरमा सरकारी टोली
-न्युजभित्तो

बैतडी, ११ पुस । जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक साउदको परिवारको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोली उहाँको घरमा पुगेको छ ।  साउदको घरमा गएर पारिवारिक अवस्थाबारे जानकारी लिइएको प्रजिअ पौडेलले बताउनुभयो । उहाँले...

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते
-न्युजभित्तो

अर्घाखाँची, ११ पुस । भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।  भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु२च ५१७९ नम्बरको जिप सोही नगरपालिका–७ छिर्लिङ...

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगले आवश्यकता पहिचान गरी ज्येष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र...

भलिबलः आर्मी र पुलिस विजयी
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले...