सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात


  •    न्युजभित्तो/१३ पुष २०८२, आईतवार १३:१२ 
  • झापा, १३ पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ । 

    कार्यालयका अनुसार उक्त अवधिमा रु एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र रु ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै रु ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, रु ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, रु ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, रु ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र रु ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ । 

    साथै, रु नौ करोड १२ लाख ८७ हजारको मुसुरो र रु तीन करोड ७८ लाख ८३ हजार मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.