सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगामी माघमा चितवनमा अन्तरराष्ट्रिय डेरी एक्स्पो


  •    न्युजभित्तो/१३ पुष २०८२, आईतवार १३:०० 
  • चितवन, १३ पुस । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा आगामी माघ २५ गतेदेखि अन्तरराष्ट्रिय डेरी एक्स्पो, २०८२ आयोजन हुने भएको छ । 

    सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार डेरी उत्पादन, प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासलाई प्रोत्साहन गर्न, किसान, उद्योगी र व्यापारीलाई एकै ठाउँमा ल्याउन एक्स्पो गर्न लागिएको हो ।

    सङ्घले गत वर्ष पनि डेरी एक्स्पो आयोजना गरेको थियो । अध्यक्ष बगालेका अनुसार एक्स्पोमा भारतीय व्यवसायीहरुको पनि सहभागिता रहनेछ । गत वर्षको एक्स्पोपछि चितवनमा पहिलेको तुलनामा हाल १५ हजार लिटरभन्दा बढी अर्थात् दैनिक एक लाख ६५ हजार लिटर दूध खपत हुँदै आएको छ । 

    जिल्लामा हाल ११५ वटा सहकारीबाट दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन हुँदै आएको छ । दुग्धजन्य उत्पादनमध्ये कच्चा दूध र नौनीको जिल्लामा खपत बढेको सङ्घको भनाइ छ । एक्स्पोले दुग्धजन्य उत्पादनको विविधीकरणमा सहयोग पुगेको सङ्घको विश्वास छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.