सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण


  •    न्युजभित्तो/२६ श्रावण २०८३, मंगलवार १०:३३ 
  • चितवन, २६ साउन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पु¥याउन सहजिकरण छ । असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पु¥याइएको हो ।

    गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन तथा पश्चिम चितवन क्षेत्रमा ती ग्यास सिलिण्डर वितरण गरिएको छ । ग्यासको अभाव भएका आश्रमहरुमा समेत आश्रममा नै ग्यास पु¥याइएको हो ।

    उद्योगबाट ग्यास आउने, डिपोमा पुग्ने र डिपोबाट आम उपभोक्ताकोमा सहजरुपमा नपुग्ने गरेको गुनासो आएसँगै स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा व्यापारी सम्मकोमा अनुगमन गर्न सुरु गरेको उहाँले जानकारी दिनुभयो । उद्योगीले ग्यास प्रयाप्त मात्रामा झारेको बताए पनि उपभोक्ता लाइनमा बस्नुपर्ने बाध्यता देखिएका कारण उद्योगदेखि वितरणसम्मको अनुगमन गर्न लागिएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा लागेको हो । जिल्लामा मासिक एक लाख २० हजार सिलिण्डर आवश्यक पर्ने भए पनि अहिले दैनिक छदेखि सात हजार हाराहारी वितरण हुँदा असहज भएकाले बजार अनुगमन सुरु गरिएको अर्यालले बताउनुभयो । अहिले जिल्लामा साईबाबा, बाबा र नेपाल ग्याँस उद्योग रहेका छन् । ती उद्योगबाट यहाँका डिलरमा नियमित ग्याँस पठाउँदै आइएको छ ।

    बाबाग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार यहाँका उद्योगहरुले चितवनसहित विभिन्न जिल्लाहरुमा ग्यास पठाउँदै आएका छन् । भरिएकामध्ये आधा चितवनमा र आधा बाहिर पठाइएको उहाँले बताउनुभयो । बुलेटले ग्यास भर्दै आएको भारतको दुर्गापुरको रिफाइनरीमा समस्या आएपछि पारादीपबाट ग्यास भर्ने गरिएको छ । कालाखेतीका अनुसार दुर्गापुर दुई दिनमा पुगिन्छ भने पारादीप पुग्न चार दिन लाग्छ । त्यस्तै ग्याँस दिइरहेको बरौजी रिफाइनरीले समेत कम ग्याँस दिएको र माग बढेकाले समसया भएको हो । उहाँले भन्नुभयो, “केही समयलाई आधा सिलिण्डर भर्ने वा बरौजीबाट दिइने कोटा केही दिनलाई वढाउन सके समस्याको समाधान हुन्छ ।” आवश्यकमात्रै सिलिण्डर साट्न र भण्डारण नगरेमा छिट्टै समाधान हुने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.