सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोठमै गाईभैँसीको निःशुल्क गर्भ परीक्षण


  •    न्युजभित्तो/१३ पुष २०८२, आईतवार १२:४४ 
  • तानसेन (पाल्पा), १३ पुस । पूर्वखोला गाउँपालिकामा गोठमै प्राविधिकहरू पुगेर गाईभैँसीको निःशुल्क गर्भ परीक्षण गर्न थालेका छन् । गाईभैँसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न किसानका गोठमै प्राविधिकले उपचार सेवा दिन थालेका हुन् ।

    पूर्वखोला गाउँपालिकाले हेफर इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र समाज उत्थान सहयोगको समन्वयमा पूर्वखोला कृषि तथा पशु विकास परियोजनामार्फत गाईभैँसीमा देखिएको प्रजनन विकृति र बाँझोपन निवारण शिविर सञ्चालन गरी पशुपालक किसानलाई निःशुल्क सेवा दिएको हो । अल्ट्रासाउन्डबाट गाईभैँसकंो निःशुल्क गर्भ परीक्षण हुन थालेपछि यहाँका पशुपालक किसानको ठूलो आर्थिक क्षति हुनबाट पनि जोगिएको छ । समयमै पशुको गर्भ परीक्षण हुने र समस्या थाहा पाउने भएपछि आर्थिक क्षति हुनबाट जोगिएको हो ।

    प्रविधिले ठूलो आर्थिक क्षति हुनबाट जोगाउन थालेपछि पशुपालक किसान उत्साहित भएका छन् । पशुपालक किसान मीना थापाले आउने नौ महिनाअगावैको कुरा आजै थाहा पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पालेको गाई र भैँसीमा प्रजनन नहुने समस्या थियो, अहिले निःशुल्क औषधोपचार पाएँ । रागो त लगाइदिएका थियौँ तर ब्याउने छ÷छैन थाहा नै भएन, नब्याउनेजस्तो लागेर म त सस्तो मूल्यमै बेच्ने तयारीमा थिएँ । तर अहिले घरमै प्राविधिक आउनुभयो र उपचार गरिदिनुभएको छ । यसले मलाई असाध्यै खुसी लागेको छ ।” नौ महिनाअघि नै सबै कुरा जानकारी पाइयो, यसले गर्दा ठूलो क्षति हुनबाट रोकेको उहाँको भनाइ छ ।

    दैनिक काममा मात्र होइन, भविष्यमा आउनसक्ने जोखिमसमेत पहिल्यै पहिचान गरी न्यूनीकरण गर्न सहयोग पुर्याएको भैँसीपालक किसान एवं ३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेपहिले नौ महिनापछि मात्र थाहा हुने गाईभैँसीको गर्भावस्था प्रविधिकै कारण नौ महिनाअघि पत्ता लगाउन सकिने भएपछि हामी उत्साहित भएका छौँ ।” मेरो गाईभैँसीको किन समयमै राँगो लागेन, बाली खोजेन भन्ने कुरा प्रविधिको प्रयोगबाट सजिलै थाहा पाउन सकिएकाले आगामी दिनमा पशुपालन क्षेत्र अझै सहज र नोक्सानरहित हुने किसान मथुरा खनालले बताउनुभयो ।

    पशुको गाईभैँसीमा प्रयोग गरिएको आधुनिक अल्ट्रासाउन्ड प्रविधिले पशु प्रजननमा देखिएका समस्या तथा बाँझोपन निवारण गर्न महत्त्वपूर्ण सहयोग गरेको छ । उक्त मेसिनबाट गर्भावस्था, पाठेघरको भित्री संरचना तथा सम्भावित समस्या सजिलै पत्ता लगाउन सकिन्छ । गाईभैँसीमा पटकपटक बाली लाग्ने तर गर्भ स्थायी रूपमा नबस्ने, एकपटक ब्याएपछि लामो समयसम्म बाली नलाग्ने, समयसमयमा गर्भ खस्नेजस्ता समस्या पहिचान तथा समाधान गर्न, पशुमा हुने प्रजनन विकृति र बाँझोपन निवारण शिविर सञ्चालन गरिएको परियोजना संयोजक राजकुमार आलेले बताउनुभयो ।

    बढ्दो बसाइँसराइ रोक्न, गाउँबस्तीलाई हराभरा बनाउन, गाउँमै स्वरोजगार, उद्यमी बन्न, आयआर्जन बढाउन आधुनिक प्रविधिबाट कृषि र पशुपालन नै रहेकाले पालिकाले ठूलो लगानीमा हेफर पोजेक्ट नेपालसँग सहकार्य गरी किसानका माग र आवश्यकतामा आधारित कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । पालिकाले पहिलोपटक आधुनिक प्रविधिबाट पशु गर्भ परीक्षण गरेको भए पनि आगामी दिनमा पालिकाले आफँै अल्ट्रासाउन्ड मेसिन किन्ने, पशु प्राविधिकलाई दक्ष बनाउने, किसानलाई घरदैलो सेवा प्रदान गर्ने पालिका अध्यक्ष थापाको भनाइ छ । देख्दा सामान्यजस्तो लागे पनि यदि यो प्रविधि सहज र व्यापक रूपमा प्रयोगमा ल्याउन सकियो भने किसानहरू ठूलो आर्थिक जोखिमबाट बच्ने राष्ट्रिय पशु प्रजनन कार्यालय बाँकेका पशु विकास अधिकृत डा मिलनकुमार चौधरीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.