सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश


  •    न्युजभित्तो/२५ श्रावण २०८३, सोमबार १४:३७ 
  • चितवन, २५ साउन । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषले सङ्कलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरी हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो । यहाँ अवलोकनमा आउने विदेशीलाई रु १००, स्वदेशी पर्यटकलाई रु ५० र विद्यार्थीका लागि रु ३० प्रवेश शुल्क तोकिएको थियो ।

    सौराहा आउने पर्यटक प्रजनन केन्द्र अवलोकन गर्न रुचाउने गर्दछन् । सौराहाको हात्ती प्रजनन केन्द्रबाट रु करिब रु ७० लाख र गोही प्रजनन केन्द्रबाट करिव रु ४० लाख प्रवेश शुल्क असुली हुने गरेको थियो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जले शुल्क लिन नियमावलीले नदिएको र ट्रष्टमार्फत शुल्क असुल गर्दा अफ्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क हटाइएको जानकारी दिनुभयो । हात्ती प्रजनन केन्द्रमा पर्यटकले हात्तीको रहनसहन, स्याहारसुसारका बारेमा ज्ञान लिनाका साथै माउ र बच्चा खेलेको दृश्यमा रमाउने गर्छन् ।

    प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले यहाँ दैनिक झन्डै ४०० पर्यटक अवलोकनका लागि आउने गरेको बताउनुहुन्छ । विसं २०४४ मा स्थापना भएको उक्त केन्द्रमा अहिलेसम्म ६९ वटा छावा जन्मिएका छन् । भारतबाट चारवटा र थाइल्यान्डबाट एउटा गरी पाँचवटा हात्तीबाट हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो ।

    प्रजनन केन्द्रमा नौ वटा माउ र सात वटा छावा छन् । गोही प्रजनन केन्द्रमा करिब ५०० गोही रहेका छन् । नदीबाट अण्डा जम्मा गरेर बच्चा हुर्काउने गरिन्छ । यहाँ हुर्किएका गोहीका बच्चा नदीमा छोड्ने गरिएको छ । माउसँग खेल्दै गरेका हात्तीका छावा र पानीमा तैरिरहेका गोही हेर्न पर्यटक रुचाउने गर्छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.