सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता


  •    न्युजभित्तो/१३ पुष २०८२, आईतवार १२:४२ 
  • गलकोट (बागलुङ), १३ पुस । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामास्थित बाङ्गेचौर खेलमैदानमा बागलुङ महोत्सव चलिरहेको छ ।

    महोत्सवमा दुई सय बढी व्यापारिक कक्ष छन् । जसमध्ये केही कक्षमा बागलुङमा उत्पादित सामग्रीले ‘मेड इन बागलुङ’को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरू पाएको छ । जुन स्टललाई आयोजले निःशुल्क प्रदान गरेको छ । बागलुङमा उत्पादन भएको डाला, नाङ्ला, ठेकादेखि अल्लोका कपडासम्म महोत्सवस्थलमा देख्न सकिन्छ । घरेलु उत्पादनको बजारीकरणसँगै प्रचारप्रसारका लागि आयोजकले निःशुल्क कक्षको व्यवस्था मिलाएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो । उहाँले बिहुँ र सिगानाका सुन्तलादेखि बागलुङमा प्याकेजिङ गरिएका मकैदेखि हस्तकलाका विभिन्न सामग्री बिक्रीका लागि कक्षलाई मेड इन बागलुङका नाममा छु््ट्याइएको जानकारी दिनुभयो ।

    महोत्सवमा बिहुँको बिहुँकोट साना किसान कृषि सहकारीमार्फत प्याकेजिङ गरिएका सुन्तला, तमानखोलाको स्थानीय हस्तकलाका सामग्री र ताराखोलाको भाँगोदेखि डोका, नाम्लासम्म महोत्सवका कक्षमा देख्न पाइन्छ । बिहुँको सुन्तलालाई ‘केस्रा ब्रान्ड’मा बजारमा ल्याइएको छ । विगतका महोत्सवमै प्रचारप्रसार भएका कारण जैमिनी नगरपालिका–३ मा उत्पादन भएको बाकोको गुन्द्रुक र सिस्नोको पाउडरले राम्रो बजार पाउन थालेको थियो ।

    महोत्सवमा बिक्रीसँगै दर्शकको नजरमा स्थानीय उत्पादन पर्न गएमा बजारीकरणमा सघाउने भएकाले ताराखोलाका स्थानीय उत्पादन डाला, नाङ्ला, भागो, रातो च्याउ बिक्रीका लागि ल्याएको महिला उद्यमी गौमती घर्तीले जानकारी दिनुभयो । उहाँले ताराखोलामा ढाकाको कपडाबाट तयार गरिएको हस्तकलाका सामग्री पनि बिक्रीका लागि ल्याइएको बताउनुभयो ।

    महोत्सवस्थलमा तमानखोलाको स्थानीय उत्पादनमा सबैको आँखा पुग्न थालेको छ । महोत्सवमा उनीहरूले अल्लोका कपडा, तामाका भाँडाका सामग्री, फापर र जौँको पीठो, आलु, सिमी, टिमुर, कोदोको पीठो, मकैको आटा, निगालोबाट बनेका सामग्री तथा भेडाको ऊनलगायत थुप्रै घरेलु सामग्री बिक्रीका लागि ल्याएको महिला उद्यमी जुनमाया घर्तीले बताउनुभयो । उहाँले व्यापारमात्रै नभएर स्थानीय उत्पादनको जानकारी दिनका लागि तमानखोला गाउँपालिकाको संयोजनमा महोत्सवमा आएर स्थानीय उत्पादनको स्टल राखिएको बताउनुभयो ।

    स्टलमा हस्तकलाका सामग्री, कृषिका आधुनिकदेखि परम्परागत औजार, कृषि प्रदर्शनी, सुन्तला प्रदर्शनी तथा बिक्रीलगायतका स्टलसमेत देख्न सकिन्छ । बागलुङका १० वटै स्थानीय तहका उत्पादन, कृषि उपज तथा हस्तकलाका घरेलु सामग्री बिक्री तथा प्रदर्शनीका लागि एक–एकवटा स्टल उपलब्ध गराइएको मेलाका आयोजक तथा मेड इन बागलुङ कार्यक्रमका संयोजक सुदीपसागर कँडेलले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म तमानखोला, ताराखोला, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका स्थानीय उत्पादनको स्टल तयार भएर बिक्रीवितरणका काम थालिएको जानकारी दिनुभयो ।

    ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको बताउँदै बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले यसपटकको महोत्सवमा आधुनिकतासँगै स्थानीयपन झल्कने प्रयास गरेको बताउनुभयो । पुस २१ गतेसम्म चल्ने महोत्सवमा कुल रु १० करोडको कारोबार हुने लक्ष्य लिइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.