सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल


  •    न्युजभित्तो/२६ श्रावण २०८३, मंगलवार १६:३३ 
  • काठमाडौँ, २६ साउन ।निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ ।

    कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिकालगायतका विषयमा छलफल भएको हो ।

    आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार नवनियुक्त प्रमुख आयुक्त कार्की, आयुक्तद्वय गुरूप्रसाद वाग्ले र डा राजीव सुब्बालाई बधाई दिँदै महानिरीक्षक कार्कीले कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । महानिरीक्षक कार्कीले विद्यमान कानुन र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो सङ्गठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गर्नुभयो ।

    यही साउन १४ गते प्रमुख आयुक्त र आयुक्तद्वयले पदबहाली गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.