banner news
चन्द्रपुर (रौतहट), ११ फागुन । रौतहटको गौरमा आज बिहान सद्भाव र्याली निकालिएको छ । सामाजिक सद्भाव बिथोल्ने गरी भएको झडप र तोडफोडको घटनापछि रौतहटको सदरमुकाम गौरमा आज सद्भाव र्याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान ६ः३०...
गण्डकी, ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराबाट काठमाडौँ जाँदै गरेको बस गएराति त्रिशूली नदी किनारमा खसेर भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले वक्तव्य जारी गर्दै घटनामा दिवङ्गत हुनुभएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना...
काठमाडौँ, ११ फागुन । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ । बैठकमा मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी...
झापा, ११ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको वातावरण बन्दै गएकाले दुविधामा नपर्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन झापाले आज मेचीनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचन सफल बनाउन निर्वाचन आयोग, सरकार, राजनीतिक दल र...
दमौली (तनहुँ), ११ फागुन । सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ तथा जाँच प्रक्रिया सुरु गरिएको छ । अस्पतालले सेवासुविधा थप गर्ने क्रममा सम्पूर्ण बिरामीहरूको मेडिकल रेकर्ड र जाँच प्रक्रिया कम्प्युटर प्रविधिमार्फत सञ्चालनमा ल्याएको हो । नयाँ प्रणाली कार्यान्वयनको...
चितवन, ११ फागुन । सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले भएको बताउनुभयो । उहाँका अनुसार विगतका वर्षमा जिनाइन...
तुलसीपुर (दाङ), ११ फागुन । शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै गएको छ । तुलसीपुरमा प्रतिदिन एक करोड लिटर खानेपानीको माग छ । तर, अहिले ५४ लाख लिटर मात्रै आपूर्ति हुने गरेको तुलसीपुर खानेपानी उपभोक्ता तथा...
झापा, ११ फागुन । झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नं १ का गाउँबस्तीमा मत मागिरहनुभएको हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशको १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरको हुनुहुन्छ । मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते...
कञ्चनपुर, ११ फागुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दा वन्यजन्तु आतङ्क न्यूनीकरणलाई मुख्य मुद्दा बनाउने उम्मेदवारको खोजी गरिरहेका छन् । निकुञ्जबाट बस्ती र खेतीयोग्य जमिनतर्फ छिर्ने बदेल, निलगाई, चितल र हात्तीले बर्सेनि बालीनालीमा व्यापक क्षति पु¥याउने गरेका...
गण्डकी, ११ फागुन । सवारी दुर्घटना न्यूनीकरणका लागि कास्की प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचलाई तीव्र पारेको छ । केही दिनअघि ‘मापसे’ गरी स्कूल बस चलाउने १० जना चालकलाई नियन्त्रणमा लिएको प्रहरीले आइतबार पोखराबाट छ जना सार्वजनिक सवारीसाधनका चालकलाई ‘मापसे’...

















