सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचन: घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेदवार हिरण्यप्रसाद


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १३:१७ 
  • झापा, ११ फागुन । झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नं १ का गाउँबस्तीमा मत मागिरहनुभएको हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशको १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरको हुनुहुन्छ ।

    मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल किसान मजदुर पार्टीको उम्मेदवार हुनुहुन्छ । उमेरले पाको भए पनि उहाँ मतदाताको घर आँगन डुलेर मत माग्दा पटक्कै थाकेको देखिनुहुन्न ।

    “मेचीनगर नगरपालिका क्षेत्रको २२ हजार मतदाता रहेको बाहुनडाँगीमा पैदलै घर दैलो गरिसकेको छु”, चुनावी चटारो बताउँदै उहाँ भन्नुहुन्छ, “म उम्मेदवार भएको क्षेत्रमा दुई वटा नगरपालिका र एउटा गाउँपालिकाका २१ वटा वडा छन् । सबैतिर पैदल हिँडेर सम्भव नहुने भएकाले अब चाहीँ गाडी चढेर भोट माग्छु ।”

    सेताम्य भइसकेका दाह्री र जुँघा र ठाडो चन्दन लगाएको हुलियाले मात्र होइन, स्वभाव र व्यवहारका दृष्टिले उहाँ आध्यात्मिक व्यक्तित्व हुनुहुन्छ । धार्मिक र आयुर्वेद विज्ञानमा गहिरो अभिरुची राख्दै आउनुभएको उहाँका जडीबुटीसम्बन्धी १४ पुस्तक प्रकाशित छन् ।

    “नेपाली परम्परा र रीतिथितिको मौलिकताको जगेर्ना हुनुपर्छ भन्ने अभियानमा लाग्दै आएको थिएँ”, उहाँले चुनावमा उम्मेदवार बन्नुको कारण सुनाउँदै भन्नुभयो, “तपाईं जस्तो सामाजिक मान्छे चुनावमा उम्मेदवार बनेर संसद्मा जानुपर्छ भनेर पार्टीबाट अनुरोध आयो । मैले नकार्न सकिन र उम्मेदवार बनेँ ।”

    झापा–१ का एक लाख ३१ हजार ६७ जना मतदातासँग मत माग्दै यतिबेला भट्टराईसँगै १३ दलका र दुई स्वतन्त्र गरी १५ जना उम्मेदवार घरदैलोमा व्यस्त हुनुहुन्छ । यस क्षेत्रमा मेचीनगर नगरपालिकाको १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडासहित जम्मा २१ वटा वडा छन् ।

    पाको शरीरका कारण धेरै हिँडडूल गर्दा स्वास्थ्यमा समस्या हुने गरेता पनि उहाँ उत्साहपूर्वक चुनावी प्रचारमा जुटिरहनुभएको छ । नयाँ जेनजी मतदातादेखि वृद्धवृद्धाले मत दिने आश्वासन दिलाउने गर्दा पाको उमेर बिर्सिएर नयाँ जोश र जाँगर आउने गरेको उहाँ बताउनुहुन्छ ।

    “बुढेसकालमा बा पनि उठ्नुभएछ, एउटा मत दिउँला भन्छन्, जेनजी नानीबाबु घरदैलोमा जाँदा मतदातासँगको संवाद सम्झिँदै उहाँ भन्नुहुन्छ, “ज्येष्ठ नागरिक त झन् आफ्नै उमेरको हुनुहुँदोरहेछ भनेर जिताउने भन्नुहुन्छ । सबैले माया र विश्वास गर्नुभयो भने चुनाव जित्छु होला ।” चुनावमा जित हार जे भएता पनि आफूले सांसद बन्ने चुनावमा उठेर लोकतान्त्रिक अभ्यास गरेको उहाँको धारणा छ ।

    अधिकांश पाको उमेरको व्यक्तिहरू घरमै थन्किएर बस्नुभएको जनाउँदै उहाँले उम्मेदवार बनेर ज्येष्ठ नागरिकको हक, हित र अधिकारको मुद्दा उठाएको बताउनुभयो । झापा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ९० जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । उहाँभन्दा पाको उमेरको उम्मेदवार अर्को छैन । उहाँ आफूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको देशभरकै उम्मेदवारमध्ये सबैभन्दा पाको भएको दाबी गर्नुहुन्छ ।

    निर्वाचन आयोगले प्रकाशित गरेको कोशी प्रदेशका १४ जिल्लाका उम्मेदवारको सूची हेर्दा उहाँ प्रदेशकै सबैभन्दा पाको उम्मेदवार देखिनुहुन्छ । कोशी प्रदेशको दोस्रो पाको उम्मेदवारमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नं १ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर खत्री हुुनुहुन्छ । खत्री ८० वर्षीय हुनुहुन्छ । झापा–२ मा नेपाल जनमुक्ति पार्टीबाट उम्मेदवार बन्नु भएको मानवबहादुर पुलामी मगर पनि ७५ वर्षीय हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री
    प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
    चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
    • बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
    • प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
    • सुनचाँदीको मूल्य वृद्धि
    • श्रमदानबाट सेउती खोलामा फलामे पुल निर्माण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.