सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता


  •    न्युजभित्तो/१८ श्रावण २०८३, सोमबार १६:५३ 
  • काठमाडौँ, १८ साउन । काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ । महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सहरमा उत्पादन भएको जैविक फोहर व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सम्झौता गरिएको हो ।

    “सहरमा उत्पादन हुने जैविक फोहरको दिगो व्यवस्थापनका लागि प्रविधिको प्रयोग बढाउने लक्ष्यसहित सम्झौता भएको छ । यो लक्ष्यमा पुग्न निर्धारित समयभित्रै काम पूरा हुने आशा राखेका छौँ”, सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “पुनः स्थापना गर्नु मात्र महत्वपूर्ण उपलब्धि होइन । यसको दिगो सञ्चालन गर्नु र यसलाई सिकाइका रूपमा विस्तार गर्नु उपलब्धि हुनेछ । यो योजना सफल बनाएर सहरमा उत्पादन भएको फोहरलाई दिगो व्यवस्थापनको प्रणालीमा हाम्रो प्रयास जारी छ ।”

    केन्द्रका कार्यकारी निर्देशक ढकालले आवश्यक उपकरण, सामग्री तथा प्राविधिक सेवाबाट प्लान्ट सञ्चालनमा ल्याउने बताउनुभयो । “यसको अनुगमन र सुपरीवेक्षणपछि महानगरपालिकालाई हस्तान्तरण गर्नेछौँ”, उहाँले भन्नुभयो, “हरित जलवायु कोषअन्तर्गतका कार्यक्रममा महानगरपालिका र केन्द्रबीच सहकार्य हुन सक्छ ।”

    यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजनाअन्तर्गत विसं २०७२ मा निर्माण सुरु गरेर विसं २०७५ देखि सञ्चालन थालिएको थियो । प्लान्ट सञ्चालन गर्दा दैनिक तीन मेट्रिकटन जैविक फोहरबाट १४ किलोवाट बिजुली, ३०० किलो जैविक मल, १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसका लागि महानगरपालिका र युरोपियन युनियनले एक करोड ८२ लाख रुपियाँ लगानी गरेका थिए ।

    प्राविधिक कारणले सञ्चालन हुन नसकेको परियोजनालाई पुनः दिगो सञ्चालनमा ल्याउन गरिएको सम्झौताअनुसार महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन तथा मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने जनाएको छ ।

    यस्तै, प्लान्ट सञ्चालनका लागि योग्य जनशक्ति वा सञ्चालक छनोट गरी व्यावसायिक ढाँचामा लैजाने, पुनः स्थापनापश्चात् संरचनाको पूर्ण स्वामित्व ग्रहण गर्ने गरी वातावरणमैत्री सञ्चालन सुनिश्चित गर्ने, फोहरलाई स्रोतका रूपमा प्रयोग गरी बायोग्यास र जैविक मल उत्पादनमार्फत ‘चक्रीय अर्थतन्त्र’मा योगदान पुर्याउने जिम्मेवारी महानगरपालिकाको हुने बताइएको छ । परियोजना पुनरुत्थानका लागि केन्द्रले प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । उपकरण खरिद, जडान र परीक्षणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.