सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रौतहटको गौरमा सद्भाव र्‍याली


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १४:५९ 
  • चन्द्रपुर (रौतहट), ११ फागुन । रौतहटको गौरमा आज बिहान सद्भाव र्‍याली निकालिएको छ । सामाजिक सद्भाव बिथोल्ने गरी भएको झडप र तोडफोडको घटनापछि रौतहटको सदरमुकाम गौरमा आज सद्भाव र्‍याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान ६ः३० बजेदेखि कर्फ्यू आदेश हटाएको जनाएको छ ।

    कफ्र्यू हटेसँगै स्थानीयवासीको दैनिकी क्रमशः सामान्य बन्दै गएको छ । बजार, यातायात तथा शैक्षिक संस्था सञ्चालनतर्फ उन्मुख भएका छन् । सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले र्‍याली निकालिएको हो । गौर नगरपालिका–६ स्थित सव्गढाहाबाट सुरु भएको र्‍यालीले नगरका सपगढा गाउँका विभिन्न भागको परिक्रमा गरेको थियो ।

    र्‍यालीमा हिन्दू तथा मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए । सद्भाव र्यालिमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग सहयोग गर्न आग्रह गर्नुभयो । प्रशासनले कुनै पनि प्रकारका अफवाह र उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन पनि सर्वसाधारणलाई सचेत गराएको छ । कर्फ्यू हटाइएपछि गौर क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.